२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालबाट दुई जनालाई सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार



अ+ अ-

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले साउन १७ गते सकुशल उद्वार गरेको छ । 

उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्कालै खटिई गई सो तालमा फसेका भक्तपुर घर भएका २१ वर्षिय सुगम शर्मा र २१ वर्षिया वर्षा ढुङ्गानालाई सकुशल उद्वार गरेको हो । 

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १४ स्थित पिपराबाट साउन १८ गते सशस्त्र प्रहरीले करीव २१ के.जी. गाँजा बरामद गरेको छ ।

मनहरीबाट विरगंजतर्फ जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद गाँँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा बरामद
मोरङ्ग ।मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ दरैयास्थित सीमा ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । 

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।