२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षका लागि ठाउँ खाली राख्दै एमालेका केन्द्रीय विभागहरूमा मनोनयन



अ+ अ-

काठमाडौं । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौं वटा विभागहरु गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौैं वटा विभागहरु गठन गरेको हो । पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैले राखेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । 

संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवाष नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदिप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई मनोनित गरिएको छ । प्रवक्ता ज्ञवालीले पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताउनु भयो । विभागलाई पूर्णता दिन सदस्यहरुको मनोनित गर्ने काम भने बाँकि रहेको एमालेले जनाएको छ ।

एमालेले आगामी साउन २४ गते केन्द्रिय समिति बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनु भयो । त्यसको २ दिन अघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने पनि निर्णय पनि एमालेले गरेको छ ।

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय पनि यस अघिनै गरिसकेको छ ।