• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष लामिछानेबाट मतदान



काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ ।

उहाँले आईतवार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गर्नुभएको हो । सभापति लामिछानेले प्रदेश सभा सदस्यामा भने मत खसाल्नु भएन । अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उहाँको भनाइ थियो । अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको बताउनु भयो ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाउनुभएन । भोट खसालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हीतमा भए मात्रै हामी सहभागी हुन्छौँ । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’ उहाँले देशलाई आफूले जिते अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गर्नुभयो ।