२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एकता जोगाउन नेपाल समुहले गर्यो यस्तो निर्णय, अब के गर्छन ओली ?



अ+ अ-

काठमाडौं ।  एमालेको माधव नेपाल समूहले पार्टी एकता जोगाउन र पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन थप पहल गर्ने निर्णय गरेको छ । सो समुहको स्थायी कमिटी बैठकले सोमबार एकताको पहल जारी राख्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी नेता युवराज ज्ञवालीका अनुसार एमाले एकताको लागि आ आफ्नो समुहबाट लागि पर्नुपर्ने बताएका हुन् । 

‘हामी एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गरिरहेका छौ, आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ’, नेता ज्ञवालीले भने । 

बैठकले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिले पार्टी एकतामा अवरोध सिर्जना गरेको भन्दै उक्त अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको जानकारी लिएका छन् । 

ज्ञवालीका अनुसार एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले एकपक्षीय बैठक राखेर पार्टी विभाग गठन र विभिन्न कार्यदल गठन गरिरहेको भन्दै उक्त कार्य रोक्न माग समेत गरेको छ ।  

त्यस्तै नेपाल खनाल समुहको बैठकले आफ्नो समुह तत्काल सरकारमा सहभागी नहुनेमा निर्णय पनि गरेको छ ।