२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यी प्रदेशमा भारी बर्षा हुने



अ+ अ-

जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी र प्रदेश नम्बर २ बाहेकका अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मंगलबार दिउँसो प्रदेश १, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा भई अन्य स्थानमा पनि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  दिउँसो जस्तै राति पनि प्रदेश नं १,बागमती, गण्डकी र  लुम्विनी प्रदेशका  केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखा अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।