९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वार्थ र प्रभावमा नपरी आफ्नो गरिमा बचाउनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया



अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान अधिकृत र मत गणना अधिकृतहरु निर्वाचन आयोग भएकाले आफ्नो गरिमालाई बचाएर स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्न पनि सम्बन्धित निकायहरु र पक्षहरुलाई निर्देशन दिनुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रही कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भन्सुन, धम्की, आदि आउनसक्ने अवस्थालाई मध्यनजर गरी त्यसबाट टाढा रहन र कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर वा त्यसबाट प्रभावित भएर निष्ठापूर्वक निर्वाचन गराउने कर्तव्यबाट विचलित नहुन पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मतदान तथा मतगणना कार्यमा खटिनुभएका सम्पूर्ण जिम्मेवार कर्मचारी साथीहरु तपाईहरु यो महत्वपूर्ण जिम्मेवारीमा नियुक्ति भइ कार्य सम्पादन गर्न खटिनुभएकोमा म, निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट सबैलाई शुभकामना छ । मतदान अधिकृत, मत गणना अधिकारी र कर्मचारीको जिम्मेवारी पाउनु भनेको गर्वको विषय हो । यो गरिमालाई कायम राख्दै मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन आग्रह छ । नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहीता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्वाचनको निम्ति दिइएका निर्देशनको पूर्ण रुपमा पालना गर्नुहोस् । व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा सधैँ स्वतन्त्र र निष्पक्ष रहेर कुनैपनि राजनीतिक दल वा उम्मेदवारप्रति कुनैपनि किसिमको झुकाव नराखि मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नुहोस् ।

निर्वाचनको कार्य सम्पादन गर्ने सम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैको पनि प्रभाव, दबाब, भन्सुन, धम्की, आदि आउन सक्दछन् । त्यसबाट सधैँ टाढा रहनुस् । कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर वा त्यसबाट प्रभावित भएर निष्ठापूर्वक निर्वाचन गराउने कर्तव्यबाट विचलित नहुनुस् । सदैव प्रतिवद्ध भएर आफ्नो कार्यमा लाग्नुहोस् । निर्वाचनमा प्रयोग गरिएका मतपत्र मतपेटिका र अन्य निर्वाचन सम्बन्धी सामग्रीको दुरुपयोग कहीँ कतैबाट हुन नदिनुहोस् । कसैले अवाञ्छित कार्य गर्न खोजे कानून बमोजिम प्रतिकार गर्नुहोस् तर यस्ता काममा कदापि कसैको मतियार र सहयोगी नबन्नुहोस् ।

मतदान तथा मतगणना सम्बन्धी कुनैपनि किसिमका विवाद निरुपण गर्दा पक्षहरुबाट पर्नसक्ने प्रभावबाट सधैँ स्वतन्त्र, सजग रहनुस् । उपयुक्त समाधान निकाल्नुस् । राजनीतिक दल वा उम्मेवार वा त्यहाँको निर्वाचन प्रतिनिधि वा अन्य कुनैपनि व्यक्तिको स्वार्थ, वा प्रभावमा परेर कुनैपनि काम नगर्नुस् । मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्नुहोस् । तपाईको कामले तपाई आफू नै लज्जित हुनुपर्ने अवस्था आए हामी सबै लज्जित हुनुपर्नेछ । तपाईको काम निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमन कर्ता, पर्यवेक्षक नागरिक समाज, मिडिया कर्मी, मतदाता लगायत सबैप्रति समान व्यवहार गर्न आग्रह गर्नुभयो ।




भर्खरै