२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्यापछि आत्महत्या



अ+ अ-

धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा  काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनुभयो।