१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र नेपाल बीच छलफल हुँदै



अ+ अ-

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिनसकेको नेता नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीसंग सम्बाद नै गर्न नचाहानु भएका नेता नेपाललाई आफूह पक्षीय नेताहरुले छलफल गर्न दवाब दिएसंगै कर्णालीका चार सांसद पदमुक्त भएपछि केही नरम बन्नु भएको ती नेताले जानकारी दिनुभयो ।

लगभग नयाँ पार्टी गठनको प्रक्रियामा पुग्नु भएका नेपाल केही दिन यता भने सम्मानजनक एकता हुनुपर्ने बताउँदै आउन थाल्नु भएको छ। यस अघि अन्तरकलह व्यबस्थापन गर्न क्रियाशिल कार्यदलका सदस्यहरुले समेत नेता नेपाललाई अध्यक्ष ओली संग सम्बाद गर्न निकास खोज्न आग्रह गरेका थिए ।

सोमबार मात्र नेपाल पक्षीय नेताहरुको छलफलमा पनि एकताका लागि पहल गर्ने भन्दै नेताहरुले दिने अभिब्यक्ति पनि सन्तुलित बनाउनु पर्ने कुर उठेको थियो ।