२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता

कतार विश्वकपमा सबैको नजर पर्नेछ यी युवा खेलाडीहरुमा

कतार विश्वकपमा सबैको नजर पर्नेछ यी युवा खेलाडीहरुमा
अ अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । विश्वकप खेल्नु भनेको खेलाडी र खासगरी युवा खेलाडीको सपना हुन्छ ।

कतारमा आयोजना भइरहेको यो विश्वकपमा केही युवा खेलाडी छन्, जो दबाबका बाबजुद पनि अनुभवविना देशका लागि ठूला स्टार बन्न सक्छन् । यी उदाउँदो ताराहरूका लागि फुटबलको संसारमा छाप बनाउने यो सुनौलो अवसर समेत रहेको छ ।

 

गारंग कुओल (अष्ट्रेलिया) उमेर १८ वर्ष

विश्वकपमा अस्ट्रेलियाका सबैभन्दा कान्छो खेलाडी हुन् गारंग कुओल । उनी ६ वर्षको उमेरमा परिवारसँग शरणार्थीको रूपमा अष्ट्रेलिया आएका थिए । १६ वर्षको उमेरमा उनले ए(लिग खेले । उनको राम्रो प्रदर्शनको कारण सेप्टेम्बर २०२२ मा प्रिमियर लिग क्लब न्यूक्यासलले उनलाई अनुबन्ध गरेको थियो ।

 

गाबी (स्पेन) उमेर १८ वर्ष

गाबी १७ वर्षको उमेरमा स्पेनका लागि डेब्यु गर्ने स्पेनका सबैभन्दा कान्छो खेलाडी बने । उनको उत्कृष्ट प्रदर्शनका कारण उनको तुलना स्पेनका पूर्व स्टार जेभियर हर्नान्डेज अर्थात् जाभीसँग भइरहेको छ ।

 

पेड्री (स्पेन) उमेर १९ वर्ष

पेड्रीले १७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका थिए । त्यसपछि उनी टोलीको महत्वपूर्ण खेलाडी बने । मिडफिल्डमा खेल्ने पेड्रीले बार्सिलोनाका लागि ३७ खेल खेलेका छन् । मार्च २०२२ मा १९ वर्षको उमेरमा उनले स्पेनका लागि डेब्यु गर्ने मौका पाए ।

 

जुड बेलिंगहम (इंग्ल्याण्ड) उमेर १९ वर्ष

उनले १६ वर्षको उमेरमा डेब्यु गर्दै सिनियर टोलीमा सबैभन्दा कान्छो खेलाडी बने । उनका बुबा मार्क र दाई अय्यूब पनि फुटबलर हुन् । बोरुसिया डर्टमण्डले २०२० मा जुडलाई आफ्नो क्लब इतिहासमा सबैभन्दा बढी रकममा किनेको थियो । मात्र १९ वर्षको उमेरमा जुडले कप्तानी पनि सम्हालेका थिए ।

 

जमाल मुसियाला (जर्मनी) उमेर १९ वर्ष

जमालले १७ वर्षको उमेरमा बायर्न म्युनिखबाट डेब्यु गरेका थिए । जमालको जन्म जर्मनीमा भएको थियो । त्यसपछि आमाबुवासँग उनको इंग्ल्याण्डमा बसोबास भयो । जमालले इङ्ल्यान्ड र जर्मनी दुवैबाट जुनियर स्तरमा खेलिसकेका छन् । तर, जर्मनीका लागि उनले सिनियर डेब्यु गरे ।

 

आन्सु फाती (स्पेन) उमेर २० वर्ष

फाती सानै उमेरमा स्पेनका उत्कृष्ट युवा खेलाडीहरूमध्ये एक हुन् । उनले २०१९ मा बार्सिलोनाबाट डेब्यु गरेका थिए र त्यसबेलादेखि उनी नियमित रूपमा टोलीको हिस्सा बनेका छन् । स्पेनका लागि ४ खेलमा एक गोल गरेका छन् । उनका दाजु र बुबा दुवै फुटबलर हुन् ।

 

एन्टोनी (ब्राजिल) उमेर २२ वर्ष

ब्राजिलमा एकभन्दा अर्का स्टारहरु छन् । युवा खेलाडी एन्टोनीले ११ खेल खेलेका छन् । तर, टोलीमा नेयमार, गेब्रियल जेससजस्ता स्टार रहेकाले विश्वकपको प्रारम्भिक ११ मा उनी छनोट हुन गाह्रो छ । उनी विकल्पका रूपमा आउन सक्छन् । उनले आयाक्सका लागि ५३ खेलमा १७ गोल गरेका थिए ।

 

ओरेलियन चुआमेनी

ओरेलियन एक रक्षात्मक मिडफिल्डर हुन् । सन् २०१८ मा आफ्नो रक्षात्मक खेलका कारण उनी चर्चामा आएका थिए । लगातारको प्रदर्शनका कारण उनले रियल म्याड्रिडसँग ६७६ करोडमा ६ वर्षको सम्झौता गरेका थिए । उनले फ्रान्सका लागि १४ खेल खेलिसकेका छन् ।