६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

तनहुँका ३८ मतदान केन्द्र महिलाको जिम्मामा

तनहुँका ३८ मतदान केन्द्र महिलाको जिम्मामा
अ+ अ-

तनहुँ । यही ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ३८ मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा रहेका मतदान केन्द्रमध्ये ३८ केन्द्रमा महिला मतदान अधिकृत नियुक्त गरिएको हो ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत १९ र क्षेत्र नं २ अन्तर्गत १९ जना महिला कर्मचारीलाई मतदान केन्द्रको जिम्मा दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँमा तीन सय पाँच मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत मीनबहादुर कुँवरले महिलालाई प्राथमिकता दिएर मतदान केन्द्रको जिम्मा दिइएको बताए ।

तनहुँ क्षेत्र नं १ अन्तर्गत भानु नगरपालिकास्थित सत्यवती देवी आधारभूत विद्यालय (ग) राधा आचार्य, होमराज लोहनी शारदा शिक्षा सदन मावि (ग) मा पम्फा बस्नेत, मस्र्याङ्दी आधारभूत विद्यालय (ख) मा सावित्री आचार्य कोइराला, भानु संस्कृत मावि (घ) मा लक्ष्मी गुरुङ, पड्केपसल आधारभूत विद्यालय (ख)मा गौरादेवी अधिकारी, निर्जला आधारभूत विद्यालय (ग)मा रुपा घिमिरे, व्यास नगरपालिकास्थित सत्यवती मावि (ख)मा अनिषा यादव, मदर्शा आधारभूत विद्यालय (ख) मा निर्मला कुँवर, महर्षि वेदव्यास संस्कृत मावि (ख) मा देवी भण्डारी चापागाइँ, पद्मज्योति आधारभूत विद्यालय गौरी ढकाल, जनजागृति गङ्गा मावि (ख) मा सरस्वती गुरुङ ढकाल, जनजागृति गङ्गा मावि (ग) मा सरितादेवी पौडेल, भानु मावि (ख) मा कल्पना आचार्य, जनकल्याण आधारभूत विद्यालय (ख) मा पुनम भुजेललाई मतदान अधिकृतको जिम्मा दिइएको छ ।

आँबुखैरेनीस्थित मित्रता माविमा (ख) विद्या न्यौपाने, रामशाह मावि (ग) मा गौरी ज्ञवाली, बन्दीपुरस्थित विष्णु मावि (ख) मा शान्ता खनाल, जगदीश्वर आधारभूत विद्यालय (ख) मा कल्पना कोइराला र चन्द्रोदय आधारभूत विद्यालय (ख) मा पार्वती ढकाललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

तनहुँ क्षेत्र नं २ अन्तर्गत म्याग्दे गाउँपालिकास्थित महेन्द्र मावि (क) मा ज्ञानरुपा पौडेल, महेन्द्र मावि (ख) मा विष्णु खनाल, गणेश माविमा कल्पना खनाल, रत्न माविमा सीता सुवेदी, व्यास नगरपालिकास्थित महेन्द्रज्योति मावि (क) मा सरिता भट्टराई, महेन्द्रज्योति मावि (ग) मा बबिता शर्मा, शुक्र आधारभूत माविमा अम्बिका घिमिरे, शुक्लागण्डकी नगरपालिकास्थित जनकल्याण आधारभूत विद्यालय (क) मा हिमा पोख्रेल, हंशवाहिनी मावि (क) मा लक्ष्मी रिमाल पराजुली, निर्मल आधारभूत विद्यालय (ख) मा हरिता श्रेष्ठ, सहिद कृष्ण माविमा तरन्तुम खातुन, खैरेनी मावि (ख) मा टेकावती ढकाल, अमरज्योति आधारभूत विद्यालयमा पार्वती पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

ऋषिङ गाउँपालिकास्थित शुक्ला मावि (क)मा सङ्गीता श्रेष्ठ, ७ नं वडा कार्यालयमा पविता राना थापा, घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति मावि (ख)मा शान्ति गुरुङ, भिमाद नगरपालिकास्थित किहुँ आधारभूत विद्यालय (ख) मा दुर्गा अधिकारी तिमिल्सिना, पार्वती मावि (ख) मा मञ्जु सुवेदी र ८ नं वडा कार्यालयमा गीतादेवी लम्साललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

व्यास नगरपालिका–५ स्थित शुक्र आधारभूत मावि मतदान केन्द्रका मतदान अधिकृत अम्बिका घिमिरेले निर्वाचन सम्पन्न गराउन आफूहरू सक्षम रहेको बताइन् ।