१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुनसंग प्रधासेनापति थापा र बलाधिकृत रथी शर्माको भेट



अ+ अ-

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनसंग उपराष्ट्रपति निवासमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र कायममुकायम प्रधानसेनापनिको जिम्मेबारी पाउनु भएका बलाधिकृत रथी प्रभुराम शर्माले भेट गर्नुभएको छ ।

अर्को साताबाट आफ्नो कार्यकाल पुरा गरी बिदाई हुन लाग्नु भएका प्रधानसेनापति थापाको बिदाई भेट तथा सेनाको कमाण्ड सम्हाल्न लाग्नु भएका शर्माको परिचयात्मक भेट भएको जनाईएको छ ।

कुशलतापूर्बक आफ्नो कार्यकाल पुरा गर्नुभएकोमा प्रधानसेनापति थापालाई उपराष्ट्रपति पुनले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ । उहाँले थापाको कार्यकालमा  नेपाली सेनालाई लोकतान्त्रिकरण र आधुनिकिरणमा गर्न महत्वपूर्ण योगदान दिनुभएको भन्दै कामको उच्च प्रसंसा गर्नुभएको थियो । 

साथै नेपाली सेनाको प्रधानसेनापति हुनलाग्नु भएकोमा बलाधिकृत रथी शर्मालाई अग्रिम शुभकामना ब्यक्त गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।