२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुनसंग प्रधासेनापति थापा र बलाधिकृत रथी शर्माको भेट



अ+ अ-

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनसंग उपराष्ट्रपति निवासमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र कायममुकायम प्रधानसेनापनिको जिम्मेबारी पाउनु भएका बलाधिकृत रथी प्रभुराम शर्माले भेट गर्नुभएको छ ।

अर्को साताबाट आफ्नो कार्यकाल पुरा गरी बिदाई हुन लाग्नु भएका प्रधानसेनापति थापाको बिदाई भेट तथा सेनाको कमाण्ड सम्हाल्न लाग्नु भएका शर्माको परिचयात्मक भेट भएको जनाईएको छ ।

कुशलतापूर्बक आफ्नो कार्यकाल पुरा गर्नुभएकोमा प्रधानसेनापति थापालाई उपराष्ट्रपति पुनले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ । उहाँले थापाको कार्यकालमा  नेपाली सेनालाई लोकतान्त्रिकरण र आधुनिकिरणमा गर्न महत्वपूर्ण योगदान दिनुभएको भन्दै कामको उच्च प्रसंसा गर्नुभएको थियो । 

साथै नेपाली सेनाको प्रधानसेनापति हुनलाग्नु भएकोमा बलाधिकृत रथी शर्मालाई अग्रिम शुभकामना ब्यक्त गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।