काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमको सरुवा रोक्का भएको छ ।
स्वास्थ्यमन्त्री समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सरुवा रोक्नुभएको हो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्रसूति अस्पतालमा सरुवा गरी उहाँको ठाउँमा डा.रुद्र मरासिनीलाई जिम्मेवारी दिनुभएको थियो ।
तर, प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाउनुभएको हो ।