• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला ★   सन्दीप टिममा जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छ: पारस खड्का (अन्तरवार्ता) ★   लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा ! ★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी ★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

संभावना र स्पष्ट दृष्टिकोण बोकेका अनुहारलाई मतदान गर्न नागरिक समाजको आग्रह



फाईल फोटो

काठमाडौं । नागरिक अगुवाहरुले देशभक्त, इमान्दार सिद्धान्तप्रति प्रतिबद्ध र संभावना तथा स्पष्ट दृष्टिकोण बोकेकाअनुहारलाई मत प्रदान गर्न हार्दिक आह्वान गर्नुभएको छ ।

बिहिबार साँझ एक आव्हान पत्र सार्बजनिक गर्दे उहाँहरुले मतदान गर्दा गम्भिर नभए पुन: असफल र पद लोलुप व्यक्तिहरुको लहडमा बाँच्न बाध्य हुने अवस्था आउने चेतावनी पनि दिनु भएको छ ।

आम नागरिक तथा मतदाता समक्ष हार्दिक अपिलको पूर्णपाठ

मुलुक एक पटक फेरि निर्वाचनमय भएको छ । तीन दिनपछि हामीले मतदान केन्द्रमा उपस्थित भएर संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएमध्येकालाई मतदान गरी राज्य सञ्चालनको जिम्मेवारी सुम्पिनुपर्ने छ ।

प्रजातान्त्रिक–लोकतान्त्रिक प्रणाली अवलम्बन गरिएका देशमा आवधिक निर्वाचन हुनु स्वाभाविक प्रक्रिया हो ।

मुलुकमा बहुदलीय शासन व्यवस्था स्थापना भएको तीन दशक भइसकेको छ । यसैबीच मुलुक संघात्मक गणतान्त्रिक देश भइसकेको छ । २०७२ सालपछि दोस्रो पटक आम निर्वाचन हुँदैछ । अहिलेसम्म मुलुकको राज्य सत्तामा पुरानै अनुहार देखिँदै आएका छन् । सत्ता सञ्चालन गर्दा अधिकांशले मुलुक र मुलुकबासीको हितभन्दा परिवार, नाता, जात र चाकडी चाप्लुसी गर्नेको हित र स्वार्थपूर्ति गर्न ध्यान केन्द्रित गर्ने गरेको देखिन्छ ।

त्यतिमात्र होइन हाल मुलुकलाई भ्रष्टाचारको भासमा पुर्‍याइएकोछ । अवकाश लिनुपर्ने अवस्थामा पुगिसकेकाहरु आफ्नो ठेकेदारी प्रथालाई निरन्तरता दिने प्रयत्न गरिरहेका छन् । जसरी पनि सत्तामा टिकिरहन र सत्ताको उपयोग गरी आम नागरिक विशेषतस् सीमान्तकृत र बञ्चीतिकरणमा परेकाहरुको हितका लागि भन्दा आफ्नै सुख सुविधाका लागि पार्टीको नीति र सिद्वान्त विपरीत अपवित्र गठबन्धन गरिरहेका छन् । अपवित्र गठबन्धनले आम नागरिकमा निराशा पैदा गरेको भए पनि उनीहरु पार्टीले कारबाही गर्ला भन्ने डरले खुला रूपमा बिरोध गर्न नसिकरहेको अवस्था विद्यमान छ।

नागरिकले आफू अपवित्र गठबन्धनद्वारा बन्धक बनाइएको अनुभव गरी कसरी यस्तो स्थितिबाट मुक्त हुने भनेर निकास खोजिरहेकाछन् । यहीवेला जताततै पुरानै अनुहार होइन ९नो नट अगेन० भन्ने नारा पनि व्यापक तवरले घन्किरहेको
छ ।

यसक्रममा हाम्रा ढोका–ढोका आएर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मत मागिरहेका छन् ।

यी सब परिवेशमा हामीले ठेकदारी कायम गर्न चाहने, पटक पटक असफल भइसकेका, सिद्धान्तहीन गठनबन्धन गरेर नागरिकलाई बन्धक बनाउन चाहनेलाई पुन: हाम्रा प्रतिनिधि चुनेर पठाउने कि सिद्धान्तनिष्ठ, संभावना र नयाँ दृष्टिकोण बोकेका मुलुकलाई माया गर्ने उम्मेदवारलाई रोज्ने ? वा हिमाल, पहाड, मधेसका वासिन्दामा रहेको सद्भावलाई अझ बढाउन प्रतिबद्ध, सदाचार प्रवद्र्धन गर्ने अठोट गरेका, इमान्दार र परीक्षणको तुलोमा चढ्न चाहनेलाई चुन्ने भन्ने निर्णय गर्ने बेला भएको छ ।

यस कुरामा हामी गम्भीर भएनौ भने पुन: असफल र पद लोलुप व्यक्तिहरुको लहडमा बाँच्न बाध्य हुने अवस्था आउने छ । यो हामीले गम्भीर भएर सोच विचार गरी निर्णय लिने बेला भएको हुँदा पाँच वर्षमा एक पटक प्राप्त हुने सुनौला मौका नगुमाउन सम्पूर्ण मतदातासमक्ष अनुरोध छ । यसतर्फ सबैको ध्यान आकर्षण गर्दै देशभक्त, इमान्दार सिद्घान्तप्रति प्रतिबद्घ र संभावना र स्पष्ट दृष्टिकोण बोकेकाअनुहारलाई आफ्नो अमूल्य मत प्रदान गर्न हार्दिक आह्वान गर्दछौं।

अपिलकर्ता

१) श्री भैरव रिसाल
२) श्री श्यामप्रसाद अधिकारी
३) श्री सुकदेव भट्टराई खत्री
४) श्री नुतनदेव खनाल
५) श्री शिवप्रसाद शर्मा
६) श्री पुष्पप्रसाद लुइँटेल
७) डा. केशवचन्द्र शर्मा
८) डा.जगतकुमार भुसाल
९) डा. जगदिशचन्द्र बराल
१०.श्री यज्ञराज अधिकारी
११)डा. अमोद डम्जन
१२)डा. राघवकिशोर भट्टराई
१३)डा. सुरेन्द्र भण्डारी
१४)श्री देवीदास कोइराला
१५)श्री उद्धब ढुङ्गाना
१६)श्री डि वी थापा
१७)श्री कैलाशनाथ खरेल
१८)श्री जयप्रकाश भुसाल
१९)श्री ठाकुरप्रसाद पौडेल
२०)श्री अच्युतप्रसाद कोइराला
२१)श्री शिवराज मैनाली
२२)श्री जे पापी
२३)श्री रामप्रसाद उप्रेती
२४)श्री आतिश कार्की
२५)डा. उपमा कार्की
२६)श्री तृप्ती घिमिरे
२७)श्री ठमनाथ घिमिरे
२८)श्री रविराज थापा
२९)श्री भरतबहादुर रायमाझी
३०) डा. केशर भण्डारी
३१)श्री द्वारिकानाथ ढुङ्गेल