२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिचौलिया र अल्छीहरूको स्वार्थ मिल्यो, मेरो सरूवा भयोः डाक्टर गौतम



अ+ अ-

काठमाडौ  । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा हुनु भएका डाक्टर जागेश्वर गौतमले वीर अस्पताल भित्रका बिचोलियाहरुका कारण आफ्नो सरुवा भएको बताउनुभएको छ ।

न्युजपोलारसँग कुरा गर्दै डा गौतमले केही निजी अस्पतालका बिचौलिया र अस्पतालकै अल्छी डाक्टर र कर्मचारीहरुले आफनो सरुवा गराएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– म पनि काम गर्ने मान्छे अल्छी तथा कामचोहरुलाई काम गर्नुपर्दा गा¥हो भयो सरुवा गराउन लागे ।

दुई सय सैयाको आईसियू सञ्चालन गर्ने तयारीदेखि नै अबरोध भएको उहाँले बताउनुभयो । वीर अस्पताललाई राम्रो बनाउन लाग्दा धेरैको आँखा लाग्यो अस्पतालदेखि मन्त्रालयसम्म बिचौलया सक्रिय भए त्यसैको परिणाम सरुवा हो गौतमले भन्नुभयो ।    

निजी अस्पताल सञ्चालकहरु वीर अस्पताल राम्रो होस भन्ने चाहँदैनन् त्यसैले जोसुकै आएर सुधार गर्न खोजे पनि अबरोध हुने डा गौतमले बताउनु भयो । आफूले जिम्मेवारी सम्हालेपछि कार्यलय समयमा नआउने माथि कडाई गरेको, गर्नुपर्ने काम नगर्नेहरूलाई काममा बाध्य पारेको उहाँले बताउनुभयो ।

हटाउन सक्रिय थिए उनिहरुको उदेश्य पुरा भयो गौतमले भन्नुभयो । बिचौलिया र अल्छीहरूको स्वार्थ मिल्यो  मेरो सरूवा भयो,’ डाक्टर गौतमले भने– केपी ओली नेतृत्वको सरकारले गौतमलाई १४ महिनाअघि प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय सरूवा गरेको थियो ।

गौतमले केही समय मन्त्रालयको प्रवक्ताको रुपमा पनि काम गर्नुएको थियो । तत्कालीन सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेपछि गौतमलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेबारी दिईएको थियो ।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि  सोमबार उहाँलाई थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरिएको थियो ।