१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन विपक्षी दल एमालेको माग



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै तुइन प्रकरणबारे सरकारले भारतसामू विरोध जनाउनुपर्ने बताउनुभएको हो । 

एमाले संसदीय दलको तर्फबाट बोल्नुभएको ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।