• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो

‘प्रकाशमान हराउ’ अभियानमा उम्मेदवारी निष्क्रिय बनाउँदै डम्बर साहु



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् ।

आफ्नो उम्मेदवारी निष्क्रिय बनाएपछि उनले पहिलो नम्बरमा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र, दोस्रोमा रमेश खरेल, तेस्रोमा नेकपा ९एमाले० का उम्मेदवार किरण पौडेल र चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले तीन तीन पटक (लगभग १५ वर्ष) काठमाडौँको क्षेत्र नं १ जस्तो राजधानीको पनि केन्द्र मानिने र तुलनात्मक हिसाबले चेतनशील मतदाता भएको निर्वाचन क्षेत्रको सांसद भएर पनि नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले नीति निर्माण तहमा उल्लेख्य भूमिका खेल्न नसकेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्ति यस्तो छ: