९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

प्रतिनिधि सभाको निर्वाचन सहजै जित्छु– पम्फा भुसाल

प्रतिनिधि सभाको निर्वाचन सहजै जित्छु– पम्फा भुसाल
अ अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको छ ।

गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको हो ।

बिहीवार ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धीमा उहाँले विगतमा आफूले शुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताउनु भयो । उहाँले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीन वटा नै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताउनु भयो । उहाँले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले ललितपुर क्षेत्र नं. ३ लाई नमूना क्षेत्रको रुपमा अगाडी बढाउने बताउनु भयो । उहाँले भन्नुभयो – ‘धेरै काम मैले आफ्नो कार्यक्षेत्रमा गरेको छु । केही थालेका काम पूरा गर्नुछ । केही नयाँ काम थालनी गर्नुछ । मुख्य गरेर आर्थिक विकास अब मेरो प्रथम एजेण्डा हो । त्यसलै म पाँच वर्ष त्यसमा लाग्दा मैले सक्छु । मलाई असाध्यै विश्वास छ, मैले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्छु । तीनै तहको सरकारको सहकार्य र समन्वयबाट । सार्वजनिक, निजी क्षेत्रको समेत सहकार्यबाट हामी एउटा परिणाम निकाल्नसक्ने नमूना क्षेत्रको रुपमा अगाडी बढाउने छौँ ।’

उहाँले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहोल बनेको बताउनु भयो । आफूले दुई कार्यकाल गरेका कामहरु हेरेर जनताले मतदान गर्ने उहाँको भनाइ छ । मतदाताहरु पनि आफूप्रति सकारात्मक भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘माहोल सकारात्मक छ । यो अन्तिम घरदैलो हो । आज साँझ खोकनामा एउटा सभा गरेर प्रचार कार्यको समापन हुन्छ । २२ वडा जाँदा जनताको सकारात्मक रेस्पोन्स छ । मैले दुई कार्यकाल गरेका काम पनि जनताले हेर्नुभएको छ । अहिले मैले केही काम थालेका, केही नयाँ काम सम्पन्न गर्नुपर्ने छ ।’

‘यो घोषणा मैले जनताको बीचमा राखेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । जित्ने नै माहोल छ । हामी गठबन्धनमा छौँ । हाम्रो गठबन्धनको स्थानीय निर्वाचनको मत मात्रै गणना गर्दापनि हामी धेरै नै सजिलो गरी जित्न सक्छौँ भन्ने कुरा तथ्यांकले पनि देखाउँछ । अहिले प्रचारप्रसार, घरदैलो, हाम्रो गठबन्धनका पार्टीहरु, नेताहरुको खटाइले अझ सहज हुनेछ ।’

मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडी रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दाबी गर्नुभयो ।