• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

निर्वाचन बहिष्कार गरौँ भन्दै निर्वाचन आयोगभित्रै नाराजुलुसहित पर्चा छरियो



काठमाडौँ । मूलबासी मंगोलको पक्षमा नरहेको वर्तमान संविधानबमोजिम आसन्न निर्वाचन बहिष्कार गर्नुपछै भन्दै निर्वाचन आयोगको कार्यालयभित्रै नाराबाजीसहित पर्चा छरिएको छ ।

संघीय प्रवक्ता भीम विक, युवा नेता आरेन राईलगायत एक दर्जन बढीले निर्वाचन आयोगभित्रै प्रवेश गरी निर्वाचन आयोगका साथै आसन्न निर्वाचनलाई लिएर चर्को नाराबाजीसहित पर्चा छरेका थिए ।

उनीहरुको चर्को विरोधपछि झन्डा ब्यानरलगायत जफत गरी उनीहरुलाई दरबार मार्गस्थित प्रहरी वृत्त दरबार मार्गमा राखिएको छ ।

उनीहरुले छरेको पर्चामा पञ्चायती चुनाव, बहुदलीय चुनाव र घोषित चुनाव चन्द्र शम्शेरको १९२६ को चुनावी ढाँचा हो भन्दै नियमित कर्मकाण्डका रुपमा हुने यो चुनावबाट कुनै आमूल परिवर्तन नहुने उल्लेख छ ।

“यो संविधान तीन जना बाहुनवादी टाउकेको ब्रह्मजाल हो, यो संविधानले खसआर्य सर्वोच्चतालाई कायम गर्दै वर्णभेदलाई अंगीकार गर्यो, संविधान नै पहिलो समस्या हो”, पर्चामा उल्लेख छ ।

नश्लवादी लम्पट आयोग ९निर्वाचन आयोग० ले गरेको अनि यिनै बाहुनवादी शासकहरुले गरेको निर्वाचनको कुनै विश्वसनीयता पनि छैन भन्दै पर्चामा निर्वाचन आयोगले सत्ताधारीहरुकै वैशाखी बनिदिएर मूलवासी मंगोलहरुले नेतृत्व गरेका दलहरुलाई वर्षौं दर्ता गर्न नदिई अलमलाउने गरिएको बताइएको छ ।

पक्राउ परेका प्रवक्ता विकले भने, “”यो सैद्धान्तिक लडाईं राज्यसँग हो हामी मुकाबला गर्नेछौँ ।