• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रधान सेनापति थापा र अमेरिकाका राजदूत बेरी बीच भेट



काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र अमेरिकाका राजदूत र्‍यान्डी बेरी बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।