• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी

दि एक्सेल्सियर स्कुल र काठमाडौं विश्वविद्यालय बिच सम्झौता



काठमाडौँ । नयाँ पुस्ताका विद्यार्थीको समय सान्दर्भिक आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले स्वयम्भू काठमाडौँ स्थित दि एक्सेल्सियर स्कुल र काठमाडौँ विश्वविद्यालय बीच एक सम्झौता भएको छ ।

एक्काइसौँ शताब्दीको चुतौतीलाई आत्मसात् गरी एउटा सभ्य नागरिक उत्पादन गर्ने र व्यवहार कुशल समसामयिक र युगानुकुल सिप विकास गराउने मुख्य कारक शिक्षकवर्गको व्यवसायिक विकासका लागि तालिम सञ्चालन गराउने उद्देश्यले यी दुई शैक्षिक संस्थाबीच सम्झौता भएको हो ।

स्कुलका प्रधानाध्यापक प्रशान्त रजकका अनुसार विगत लामो समयदेखि शिक्षकको पेसागत मर्यादा र आवश्यकताक लागि विभिन्न तालिम सञ्चालन गर्न लागिएको हो ।

विद्यालयमै विषयगत दक्ष सुपरीवेक्षकद्वारा शिक्षकको सीप र दक्षतालाई नियमित अनुगमन गरी पृष्ठपोष्ण गर्दै गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको दि एक्सेल्सियर स्कुलले समयानुसार शैक्षिक परिवर्तन र शिक्षण सिकाइलाई अद्यावधिक गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गर्न लागेको प्रधानाध्यापक रजकले जानकारी दिनुभयो ।

सम्झौताअनुसार तीन वर्षसम्म विद्यालयको आवश्यकता, शिक्षक विकास र विद्यार्थीको गुणस्तरीयताका लागि मूलतः कक्षा व्यवस्थापन, योजना निर्माण, सिकाइ गतिविधि, सहजीकरणका उपायहरू सिकाइका पद्धति, शिक्षकको क्षमता विकास, विद्यार्थी मूल्याङ्कन लगायतका विषयमा तालिम सञ्चालन गरिनेछ ।

बुधबार दि एक्सेल्सियर स्कुलकी अध्यक्ष शीतल राणा र काठमाडौँ विश्वविद्यालय, शिक्षा संकायका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलका बिच र दि एक्सेल्सियर स्कुलका प्रधानाध्यापक प्रशान्त रजक र काठमाडौँ विश्वविद्यालयका स्टिम विभागका प्रमुख विनोद प्रसाद पन्तको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो ।