३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रम देउवाको अपिल(भिडीयोसहित )



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

उहाँले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक सङ्घर्षको चरण पूरा गरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने छ ।”

कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उहाँले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु कांग्रेसको जिम्मेवारी भएको बताउनुुभएको छ । विसं २०४६ पछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभएको छ ।

“हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दै छन् । उनीहरुको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढने छौँ । हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ”, प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।

सीमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको समुदाय र क्षेत्रको उत्थानमा कांग्रेसको सरकारले धेरै महत्वपूर्ण काम गरेको बताउँदै उहाँले यसलाई अझै परिणाम देखिने गरी अघि बढाइने उल्लेख गर्नुभएको छ । निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उहाँको भनाई छ ।

उहाँले दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै रहेको उल्लेख गर्दै सहमति र सहकार्यको जगमा गठबन्धनको सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन आफूहरु दृढ सङ्कल्प रहेको जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री देउवाले यही मङ्सिर ४ गते निर्वाचनमा उत्साहपूर्वक सहभागी भई प्रत्यक्षतर्फ कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा र समानुपातिकतर्फ कांग्रेसको रुख चिह्नमा अमूल्य मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

उहाँले आफूहरु कुरा होइन काम गर्छौंँ भन्नेमा विश्वास दिलाउँदै मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन सबैलाई हार्दिक अपिल गर्नुभएको छ ।रासस