• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

माधव नेपालले बोलाए आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक



काठमाडौँ । नेकपा (एमाले) नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका बेला नेता नेपालले पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्नको लागि बुधबार बिहान ११ बजे बस्ने गरी आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । 

बैठक बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा भोली (बुधबार) बस्नेछ । नेता नेपालले हिजो (सोमबार) पनि आफूनिकट स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए ।

छलफलमा नेता नेपालले पनि सम्मानजनक र सुव्यस्थित ढंगले पार्टी एकता होस् भन्ने चाहना राखेको बताएका थिए । नेता नेपालले यसबारे केन्द्रीय तहका नेताहरूको पनि धारणा बुझ्न बैठक बोलाएका हुन् ।