• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा हुने



एजेन्सी । चौथो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ ।

सेप्टेम्बर २६ सम्म यस वर्षको फिल्म फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका लागि ११६ देश र विभिन्न क्षेत्रका कुल ३, ७६१ फिल्महरू दर्ता गरिएका आयोजकले मङ्गलबार जनाएको छ ।

महोत्सवमा ८० देखि १ सय चलचित्र प्रदर्शन हुने अपेक्षा गरिएको छ भने विभिन्न छलफलका मञ्चहरु पनि आयोजना गरिने छ ।

सन् २०१८ देखि शुरु भएको यो चलचित्र महोत्सव चाइना मिडिया ग्रुप र हाइनान प्रान्तको जनसरकारले संयुक्त रूपमा आयोजना गर्दै छ ।