९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

मतदान केन्द्रमा क्यामेरा, लाइटर, सलाई लैजान नपाइने(भिडीयोसहित)

मतदान केन्द्रमा क्यामेरा, लाइटर, सलाई लैजान नपाइने(भिडीयोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्वय प्रवन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहीता र प्रचलित निर्वाचन कानूनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिनुभएको हो । आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षिय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देश गरिएको छ । त्यसैगरि मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सुचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

उहाँले भन्नुभाये, ‘मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति निर्वाचन आयोगले विशेष निर्देशन जारी गरेको छ । मतदान कार्यमा संलग्न हुने मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कार्यमा खटिने कर्मचारीहरुले यो निर्देशनलाई गम्भिरतापूर्वक बुझि तदनुसार पालना गर्नको निम्ति म निर्देश गर्दछु ।’

‘मतदान केन्द्रमा मतदान अधिकृतले निषेधित गरेका र कानूनद्वारा निषेधित अन्य वस्तुहरु मतदान केन्द्रमा लान नमिल्ने भएको हुँदा शुरुमा सर्वपक्षिय बैठक राखि यस्ता वस्तुहरु नलिइ आउनका लागि सबै मतदातालाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रवन्ध मिलाउनु पर्छ ।
यदी कुनै मतदाताहरुले मतदान केन्द्रमा यस्ता निषेधित समग्री लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारवाही गर्ने र मोबाइल वा क्यामेरा लगायतक वस्तुलाई मतदान केन्द्र प्रवेश गर्ने बिन्दुमा नै ती सामग्रीहरु राख्न लगाउने वा आफूलाई उपयुक्त लागेको व्यक्ति वा ठाउँमा छोडी कुनै पनि सामान नलिइ मतदान केन्द्रमा पस्ने अनुमति दिनुपर्दछ ।’

‘यदी कसैले फोटो खिच्ने क्यामेरा अथवा मोबाइल बाहिर नछोडी लिई गएमा र निज मत संकेत गर्ने ठाउँमा पुगेको अवस्थामा वा मतदान केन्द्र्र्रबाट निषेधित गरिएको वस्तु लिई सो स्थानभन्दा अन्य ठाउँमा गएमा त्यस्ता सामग्रीहरु जफत हुने कुरा पनि सम्पूर्ण मतदाताहरुलाई सुचित गरिदिनु पर्दछ ।’

‘र, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, निर्वाचन आचारसंहीताको व्यवस्था र प्रचलित निर्वाचन कानूनको व्यवस्था विपरित यस्ता किसिमका कार्यहरु कहीँकतै हुन नदिनका निम्ति मुख्य निर्वाचन अधिकृतहरु, निर्वाचन अधिकृतहरु मतदान केन्द्रमा लैजान नहुने भएको हुँदा शुरुमा सर्वपक्षीय बैठक राखि त्यस्ता वस्तुहरु नलिई आउनका निम्ति सबै मतदाताहरुलाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रवन्ध मिलाउनु पर्दछ ।’

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।