• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल

मतदान केन्द्रमा क्यामेरा, लाइटर, सलाई लैजान नपाइने(भिडीयोसहित)



फाईल फोटो

काठमाडौँ । निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्वय प्रवन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहीता र प्रचलित निर्वाचन कानूनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिनुभएको हो । आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षिय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देश गरिएको छ । त्यसैगरि मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सुचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

उहाँले भन्नुभाये, ‘मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति निर्वाचन आयोगले विशेष निर्देशन जारी गरेको छ । मतदान कार्यमा संलग्न हुने मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कार्यमा खटिने कर्मचारीहरुले यो निर्देशनलाई गम्भिरतापूर्वक बुझि तदनुसार पालना गर्नको निम्ति म निर्देश गर्दछु ।’

‘मतदान केन्द्रमा मतदान अधिकृतले निषेधित गरेका र कानूनद्वारा निषेधित अन्य वस्तुहरु मतदान केन्द्रमा लान नमिल्ने भएको हुँदा शुरुमा सर्वपक्षिय बैठक राखि यस्ता वस्तुहरु नलिइ आउनका लागि सबै मतदातालाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रवन्ध मिलाउनु पर्छ ।
यदी कुनै मतदाताहरुले मतदान केन्द्रमा यस्ता निषेधित समग्री लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारवाही गर्ने र मोबाइल वा क्यामेरा लगायतक वस्तुलाई मतदान केन्द्र प्रवेश गर्ने बिन्दुमा नै ती सामग्रीहरु राख्न लगाउने वा आफूलाई उपयुक्त लागेको व्यक्ति वा ठाउँमा छोडी कुनै पनि सामान नलिइ मतदान केन्द्रमा पस्ने अनुमति दिनुपर्दछ ।’

‘यदी कसैले फोटो खिच्ने क्यामेरा अथवा मोबाइल बाहिर नछोडी लिई गएमा र निज मत संकेत गर्ने ठाउँमा पुगेको अवस्थामा वा मतदान केन्द्र्र्रबाट निषेधित गरिएको वस्तु लिई सो स्थानभन्दा अन्य ठाउँमा गएमा त्यस्ता सामग्रीहरु जफत हुने कुरा पनि सम्पूर्ण मतदाताहरुलाई सुचित गरिदिनु पर्दछ ।’

‘र, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, निर्वाचन आचारसंहीताको व्यवस्था र प्रचलित निर्वाचन कानूनको व्यवस्था विपरित यस्ता किसिमका कार्यहरु कहीँकतै हुन नदिनका निम्ति मुख्य निर्वाचन अधिकृतहरु, निर्वाचन अधिकृतहरु मतदान केन्द्रमा लैजान नहुने भएको हुँदा शुरुमा सर्वपक्षीय बैठक राखि त्यस्ता वस्तुहरु नलिई आउनका निम्ति सबै मतदाताहरुलाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रवन्ध मिलाउनु पर्दछ ।’

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।