२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । भर्खरै सम्पन्न पहिलो इनिङमा युएईले ४३.२ ओभरमा सबै विकेट गुमाई १९१ रन बनाएको छ ।

कीर्तिपुर खेल मैदानमा दोस्रो एक दिवसीय खेलमा टस जितेर युएईले ब्याटिङ गरेको थियो । युएईका लागि ओपनर ब्याटरद्वय मुहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गरेका थिए । वासिमले ४६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए भने अरविन्दले २५ रन जोडे ।

त्यस्तै कप्तान चुङ्दागापोइल रिजवानले २२, आलिशान सराफूले ३५, विष्णु सुकुमारनले १५ र बसिल हमिदले २४ रन बनाए ।

बलिङतर्फ आज नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन दिँदै ३ विकेट तथा ललित राजवंशीले १० ओभरमा ४१ रन दिएर समान ३ विकेट लिए । अन्य बलरहरुमा करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।

तीन खेलमध्ये पहिलो एक दिवसीय खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।