२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

उच्च मनोबलका साथ खेल्छौँः कप्तान चन्द(भिडीयोसहित )

उच्च मनोबलका साथ खेल्छौँः कप्तान चन्द(भिडीयोसहित )
अ अ+ अ-

काठमाडौँ । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानबिरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् ।

मंगलवार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र बुधवार हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् । फिफाको प्रतिवन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आपूmले कप्तानी पाउँदा खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेकोसमेत बताए ।

नेपाललाई पाकिस्तानले मैत्रिपूर्ण खेलका लागि प्रश्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आईतवार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच ८ वर्षपछि प्रतिष्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र वाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिवन्ध गरेको थियो ।

सोही टोली पाकिस्तानबिरुद्ध नेपाल मैदान उत्रिँदा कार्यवाहाक प्रशिक्षकमा प्रवेश कटुवालले पाकिस्तानी टोलीबिरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेलने बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएको भएपनि लामो समय एउटै टोली बनेर नखेलेको कारण टिमवर्क राम्रो नभएको र सोही अनुसार आफूले रणनीति बनाएको बताए ।

यस्तै नेपाल भ्रमण रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहो¥याउनका लागि खेल्ने बताए । उनले पाकिस्तान टोलीलाई यसअघि पनि कठिनाई पर्दै आएको थियो । हसनले आफ्नो टोलीले अन्तिम समयमा मौका पाएर खेल्ने गरेको भन्दै व्यक्तिगत हिसावमा आपूm डेनमार्कमा खेल्दै आएकोले लयमा रहेको बताए । दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीबिरुद्ध राम्रो खेल्ने कप्तान वासिरले बताए ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिष्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो । बुधवार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।