२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

६५–७० हजार मतले चुनाब जित्छु: सुनिल शर्मा -अन्तरवार्ता

६५–७० हजार मतले चुनाब जित्छु:  सुनिल शर्मा -अन्तरवार्ता
अ अ+ अ-

मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि यहाँको उम्मेदवारी किन ?

म चाहिँ सांसद भएर हल्लिनका लागि, गफ लाउनका लागि र भाषण गर्नका लागि मात्रै सांसद हुन खोजेको होइन । मेरो पृष्ठभूमि नै काम गर्ने हो, कर्मयोगी मान्छेको रूपमा मेरो पहिचान हो । म जनताको पक्षमा, सुकुम्बासीको पक्षमा, आदिवासीको पक्षमा, जनजातिको पक्षमा, विभिन्न जात, धर्ममा रहनुभएको जनताको पक्षमा काम गर्नका निम्ति सांसद हुने हो ।

म चाहिँ परम्परागत रुपमा जाने, कोट लाउने, टोपी लगाउने, स्टिकर टाँस्ने, सांसद हुने, अनि जनताको घरमा फर्की नआउने, त्यस्तो खालको सांसाद हुने मेरो चाहना होइन । मेरो चाहना चाहिँ के हो भने स्वास्थ्य शिक्षा, सकेसम्म रोजगारीको व्यवस्था र विकास निर्माणका कामहरु मेरो मुल एजेन्डा हो ।

प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो भने यहाँले के काम गर्नुहुन्छ त ?

पहिलो कुरा त यहाँको बाटोघाटो, पुल पुलेसा, तटबन्धनका कुराहरू छन् । सरकारी स्कुलहरु छन्, कलेजहरु छन् तिनको स्तरोन्नतिको कुरा छ। नेपाली माध्यममा भएका विद्यालयहरुलाई अंग्रेजी माध्यममा लाने कुराहरु छन् । यी यावत विकास निर्माणका कुरादेखि लिएर शिक्षा र स्वास्थ्यमा अझ विशेष गरेर आफ्नो स्वास्थ्य सम्बन्धी फिल्ड भएको हुनाले मैले चाहिँ शिक्षा र स्वास्थ्य सँगै विकास निर्माणलाई पनि जोडेर जाने निर्णय गरेको छु ।

म सबै वडा, टोल र गाउँ बस्तीतिर पुग्न लागिसकेँ । अपेक्षा त जनताको मसँग बढी देखिएको छ । सबै अपेक्षाहरु पूरा गर्न समस्या हुन सक्छ । यद्यपि हामीले जे काम गयौ विगत १०–१२ वर्षमा, विशेषतः यो पाँच वर्षमा चुनाव हारिसकेपछि त्यसमा हरेक जनताले हारेको सांसादले पनि यति काम गरिदिएको छ भनेर उहाँहरु पोजिटिभ देखिनुहुन्छ ।

यहाँले चुनाव जित्ने आधार चाहिँ के छ त ?

भेरी सिम्पल, चुनाव जित्ने नम्बर वान आधार के छ भने सुनील शर्मा एउटा घुस नखाने मान्छे हो।स्वच्छ छवि भएको मान्छे हो। अहिलेसम्म घुस खाएको छैन । अर्को आधार मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, विगत पाँच वर्षमा यहाँबाट जितेर जाने मान्छेले के काम आफनो क्षेत्रमा गर्नुभयो भन्ने मेरो दोस्रो आधार हो । तीन, हामीसँग गठबन्धन छ, म एक्लै कहाँ छु र, पहिला पनि यस्तो गठनबन्धन थियो भने म पन्ध्रहजार भोटमा लिड गर्ने थिएँ । न्युनतम १५ हजार देखि ३० हजार भोटमा लिड गर्थेँ । तपाईहरु डाटा हेर्न सक्नुहुन्छ । नेकपा एमालेको जम्मा २८ हजार त भोट थियो नि । मैले ४० हजार ल्याएँ, एलाइन्सको प्रभाव हुन्छ, मनोवैज्ञानिक प्रभाव हुन्छ, त्यसले गर्दा हारेँ त्यतिबेला । त्यो भनेको १९ सय ५४ मत हो । त्यही मत मैले त्यतिबेलै तान्न पाएको भए म त्यतिबेलै जित्ने थिएँ अनि अहिले चाहिँ गठबन्धन हामी एक ठाउँमा छौ.।

माओवादीका साथीहरु, एसका साथीहरु लगायतको १५ हजार मत छ, नेकपा एमालेलाई नेट टु नेट ७८ मतले मात्रै अस्तिको स्थानीय निर्वाचनमा उहाँहरु अगाडि देखिनुहुन्छ । त्यतिबेलाको स्थानीय निर्वाचनमा पनि हाम्रो आन्तरिक कलहहरु थिए, समस्याहरु थिए । लोकल उमेदवारको कुरा हुन्थ्यो । जातीय रुपमा पनि उमेदवारको हार जितमा प्रभाव हुन्थ्यो । अब अहिले नेकपा एमाले, कांग्रेस नेट टु नेट भएको अवस्था, मेरो चाहिँ समाजसेवाको कारणले गर्दा आफ्नै पनि मत छ । प्रत्येक वार्डमा कमसे कम पनि २५० देखि ३०० मत सुनील शर्मालाई दिनुपर्छ भन्ने मतहरु छ ।

भनेपछि तपाईले हिसाब गर्नुहोस्, २६ वटा वार्ड छन्, २६ तियाँ कति भो, ७८ सय हुन्छ । भनेपछि ८ हजार देखि १० हजार मेरो पर्सनल मत छ । १५ हजार त्यो १० हजार यो गर्दा २५ हजार मत हामीसँग बढी मत छ । अनि वर्तमान को परिवेश, मूभमेन्ट र हामीले गरिरहेको कामको आधारमा र विपक्षी उमेदवार दोहोरिएको कारणले पनि अझ मत बढ्न सक्छ । हाम्रो मतको फरक त मलाई के लाग्छ भने प्रतिस्पर्धीले १८ हजार देखि २२ हजार मत ल्याउनु हुन्छ, बाँकी सबै मत मेरो पक्षमा जान्छ । मलाई लाग्छ मेरो मत ६५–७० हजार आउने वाला छ ।

सुकुम्बासी समस्या चाहिँ चुनावी नारा मात्रै भयो भन्ने मतदाताहरुको भनाइ छ नि ।

हेर्नुस, यसको सिधा उत्तर के छ भने नि यो क्षेत्रमा आजसम्म हामीले कहिले जित्यौ ? सधैँ सूर्य छापमा एमालेलाई हान्ने, अनि एमालेका साथीहरुलाई पठाउने, उहाँहरुले कहिल्यै पनि समाधान नगर्ने, चुनावी एजेन्डा बनाइरहन पाइयो नि त। पूर्वाञ्चल विश्वविद्यालय पनि त्यस्तै हो, यो दुई वटै समस्या, नभए दुई तिहाई बहुमत ल्याएको बेला हाम्रो भानुभक्त ढकाल दाईलाई पूर्वाञ्चल विश्वविद्यालय सञ्चालन गर्न, मेडिकल कलेज सञ्चालन गर्न रोक्यो कसले रु कानुनमन्त्री उहाँ बन्नुभयो, स्वास्थ्यमन्त्री बन्नुभयो, पर्यटन मन्त्री बन्नुभयो, स्वास्थ्य र कानुनभन्दा बाहिर गर्नुपर्ने केही पनि छैन, त्यतिबेला भानुभक्त दाइ त्यत्रो पावरफुल हुनुभयो, केपि ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। दुई तिहाइ हाराहारीको मत थियो उहाँसँग, ऐन नियम सब फेर्न सक्नुहुन्थ्यो, पुर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउन र सुकुम्बासीलाई लालपुर्जा दिन उहाँलाई रोक्यो कसले? म प्रश्न गर्न चाहन्छु ।

त्यसकारण जनतालाई मुर्गा बनाउने, ठग्ने, कामहरु चाहिँ उहाँहरुले नगरिदिए राम्रो हुन्थ्यो भन्ने मेरो आग्रह पनि हो । र अर्को वर्ष यो काम हामी गर्छौ । अब कुरा के रह्यो भने चाहिँ अहिले गठबन्धनको सरकारले सुकुम्बासीको समस्या समाधान गर्नको निम्ति हाम्रै क्षेत्रको केशव दाइ नेपाली कांग्रेसको पूर्व महासमिति सदस्य तथा राष्ट्रिय शिक्षक संघको अध्यक्षलाई सुकुम्बासी तथा भुमि आयोगको अध्यक्ष बनाएको अवस्था छ ।

अस्ति हामीले ६२ ओटा धनीपुर्जा पनि बाँड्यौँ । हामीले धनीपुर्जा बाँड्न थालेपछि उहाँहरुले के भन्नुभयो भने नेकपा एमालेका साथीहरुले गएर निर्वाचन आयोगमा मुद्दा दर्ता गरिदिनुभयो हेर्नुस् । दुःखद कुरा । सुकुम्बासी कांग्रेस एमाले भन्ने हुन्छ र १ गरिब जनताले पाउने हो नि होइन र रु स्थानीय सरकार पनि उहाँहरुकै थियो । हामीले बाँड्योँ भनेको भए पनि हुन्थ्यो नि । यो प्रक्रिया निर्वाचन पछि खुल्छ । त्यस पछि चाहिँ मैले केशव निरौला सरलाई सोधेको थिएँ, उहाँले के भन्नु भयो भने यो चुनाव पछि भूमि आयोगले २ देखि ३ वर्ष भित्रमा पहिलो चरणको धनीपुर्जा वितरण गर्छ भनेर भन्नुभएको छ ।

उहाँहरुले गर्नुभएन भने हामी त्यस पछि यो काम गर्छौ। जनताको पक्षमा बुलन्द आवाज उठाउँछौ । ऐन नीति नियम के फेर्नु पर्छ फेछौ र यो समस्याको समाधानका लागि हामी इमान्दारितापूर्वक लाग्छौ ।

आफ्नो प्रतिद्वन्दीलाई यतिबेला के भन्न चाहनुहुन्छ ?

विगत पाँच वर्षमा उहाँले जे काम गर्नुभयो, ती कामहरुका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु । उहाँ आफैले त्यस बारेमा समीक्षा गर्नुभयो भने राम्रो होला । कोरोनाको कालमा नेपाली जनताप्रति उहाँले के गर्नुभयो भन्ने बारेमा उहाँले आफै बुझ्नु भयो भने उहाँको बाँकी जीवनका लागि एउटा पाठ हुन सक्ला । मैले भन्नु केही छैन। उहाँले यो पाँच वर्षमा गरेका कामहरुका बारेमा जनताले यही ४ गते ब्यालेटबाट उत्तर दिनुहुनेछ भनेर उहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

हामीले आफ्नो जिम्मेवारीबाट पर भागेनौँ । हामीले हारे पनि जितेको सांसदले भन्दा बढी काम गरिरहेका छौ । आम जनसमुदाय न्यायमूर्ति हो।नागरिक न्यायाधीशले बुझ्नु पर्छ, ४ गते गोप्य मतदान मार्फत उहाँहरुले मलाई न्याय गर्नुपर्छ । यही माटोमा यहीँका आमा बुबा दाजु भाइसँग खेलेर हुर्केर, यहीको स्कुल पढेर आएका हामीलाई साथ दिनुपर्छ, हामीलाई आशीर्वाद दिनुपर्छ ।