२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान(भिडीयोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष आह्वान गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गर्नुभएको हो ।

उहाँले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताउनु भयो । शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको उहाँले आरोप लगाउनु भयो । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडी धकेलिएको बताउनु भयो । उहाँले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘ओली, देउवा र प्रचण्ड लगायत ठूला दलका नेताहरु आम मानिसलाई राहत दिन हैन ठग ठेकेदार र अपराधीहरुबाट अरबौं असुली गर्दै तिनलाई चुनावको उम्मेदवार बनाउने र तिनकै बलमा सत्ताको रजाइँ गर्ने होडमा छन् । विदेशमा श्रम गरेर देशको अर्थतन्त्र धान्ने नागरिकहरु मताधिकारबाट वञ्चित छन् । जसको भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति प्रमाणित भएको छ, त्यस्ता उम्मेदवारहरुलाई चुनावमा नहराएसम्म यो देशको राजनीति संग्लिने छैन ।’

‘त्यसका लागि हामीसित तम्तयार विकल्प नहुनसक्छ तर विकल्प सिर्जना गर्ने मौका पनि अहिले हामीसित छ । देशमा अराजकता, भ्रष्टाचार, अपराध र लुटतन्त्र मच्चाउने तथा तानाशाही आकांक्षा बोकेका तथा राज्य सञ्चालनमा नालायक प्रमाणित भइसकेको मुख्य दलका शीर्ष नेताहरुको हालीमुहाली कायम रहँदा गएको पाँच वर्षमा देश दशौं वर्ष पछाडी धकेलिइसकेको छ ।’

‘त्यसैले आगामी निर्वाचनलाई जिम्मेवारीपूर्वक अवसरका रुपमा प्रयोग गर्न तथा अघिल्लो चुनावको जस्तो गल्ती फेरि नदोहो¥याउन समग्र मतदाताहरुलाई अपिल गर्दछौँ । साथै आउँदा चुनावहरुमा वैदेशिक रोजगारीमा रहने युवाहरुको मताधिकार सुनिश्चित गर्ने माग पनि राख्न चाहन्छौँ । शीर्षस्थ नेता, देश, जनतालाई धोका दिने, जनताको विश्वासघात गर्ने नेताहरुलाई भोट नहाल्नु होला । नत्र देश अर्को दश वर्ष पछाडी धकेलिन्छ । अराजकता त छँदैछ ।’

‘असफल राष्ट्र हुन्छ । त्यो हामी चाहदैनौँ । नयाँ पुस्तालाई, युवा पुस्तालाई विधिको शासन स्थापित गरेर जाऔँ । विधिको शासन स्थापित गराउने हो भने यि राजनीतिलाई भ्रष्टीकरण, अपराधीकरण गर्ने शीर्षस्थ नेताहरुलाई भोट नदिउँ । अरु नेताहरु छन् । सबै पार्टीमा राम्रा नेताहरु छन् । ति उम्मेदवारहरुलाई भोट दिउँ ।’

उहाँले नेपाली जनताहरु नेतृत्वबाट ठगिएका बताउनु भयो । नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उहाँको भनाई छ ।