२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाताको रोजाइमा पर्नेछु– आकर्षण पोखरेल



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारहरुका एजेन्डा र सक्रियताप्रति मतदाताहरु पनि आकर्षित भएको आफूले पाएको दाबी गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै आफू हाम्रो नेपाली पार्टी र लौरो चिन्ह अभियानबाट उम्मेदवार रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले आफू विजयी हुने दाबी गर्दै भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा सुरु भएको परिवर्तन खोज्ने अभियानले नै आसन्न निर्वाचनमा पनि निरन्तरता पाउनेमा विश्वास छ ।” उहाँले विगतमा वैकल्पिक दलहरु शक्ति आर्जनमा लाग्दा स्थापित हुन नसकेको बताउनुभयो ।

“पदमा पुगेपछि मात्र परिवर्तन हुन्छ भन्ने मान्यताबाट अघि बढ्दा समस्या भएको हो”, जारी विज्ञप्तिमा भनिएको छ, “परिवर्तनका लागि पद चाहिन्छ भन्ने छैन । नेताहरुले नीति बनाउने र नीति कार्यान्वयन भए विकास हुने उहाँको भनाइ छ । फलानोले जित्यो भने विकास हुन्छ भन्ने मानसिकता हटाउनुपर्छ ।”

उहाँले आफू कुनै अमुक दलको उम्मेदवार भएको भनि गरिएको प्रचारको खण्डन गर्नुभएको छ । वर्तमान निर्वाचन प्रणालीका कारण पनि सक्षम उम्मेदवार आउन कठिन भएको दाबी गर्दै चुनाव खर्चिलो भएको बताउनुभयो । “हामी गलत अभ्यासमा गइरहेका छौँ, वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

उहाँले आफू पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । “मैले जानेको कुरा समाजलाई दिन्छु भनेर राजनीतिमा आएको हुँ, यदि मेरो सोच र विचार मिल्छ भने ठीक छ होइन भने म पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा छैन ।”