१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातदोबाटोसँग हारेपछि ब्रिगेड रेलिगेसनमा



अ+ अ-

काठमाडौं । ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ ।

सोमबार भएको खेलमा नव प्रवेशी सातदोबाटो युथ क्लबसँग  ३ २ गोलले पराजित भएसँगै ब्रिगेड रेलिगेशनमा परेको हो । 

ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन खेलको १३ औं मिनेटमा सुशील राई, १८ औं मिनेटमा दिपक राज सिंह ठकुरी र  ८७ औं मिनेटमा निरज चौधरीले गोल गरे ।

यता, ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउले १६ औं मिनेटमा  र रोशन राना मगरले ५१ औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । 

हारसँगै १२ खेलमा ७ अंक जोडेको ब्रिगेड पुछारबाट दोस्रो स्थानमा रहेको छ भने १२ खेलमा १८ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ ।