२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

काइरन पोलार्डद्वारा आइपीएलबाट सन्न्यास घोषणा

काइरन पोलार्डद्वारा आइपीएलबाट सन्न्यास घोषणा
अ अ+ अ-

क्यारेबियन अलराउन्डर काइरन पोलार्डले इन्डियन प्रिमियर लिगबाट सन्यास लिएका छन् । पोलार्डको यो निर्णय उनको टोली मुम्बई इन्डियन्सले उनलाई मिनी लिलामी अघि रिलिज गर्दा आएको हो ।

अब पोलार्ड टोलीको नयाँ ब्याटिङ प्रशिक्षक हुनेछन् । पोलार्डले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । टी–२० क्रिकेटका सर्वाधिक सफल खेलाडीमध्येका एक पोलार्ड वेस्ट इन्डिजका लागि त्यति सफल भएनन् ।

पोलार्डलाई सन् २०१० मा मुम्बई इन्डियन्सले किनेको थियो, त्यसपछि उनी सोही टोलीमा रहे। सन्यास पछिको बयानमा उनले भने, “यो सजिलो निर्णय थिएन किनकि म अझै केही वर्ष खेल्न चाहन्थें, तर मुम्बई इन्डियन्ससँग छलफल गरेपछि मैले मेरो आईपीएल करियर समाप्त गर्ने निर्णय गरेको छु।”

“म बुझ्छु कि यो अविश्वसनीय फ्रान्चाइजीलाई परिवर्तन आवश्यक छ र यदि म अब मुम्बई इन्डियन्सबाट खेल्दिन भने म आफूलाई मुम्बई इन्डियन्स (एमआई) विरुद्ध खेलेको देख्न सक्दिन, ‘वन्स एमआई अल्वेज ए एमआई’।”

पछिल्लो स्थानमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस वर्ष ५ खेलाडी रिलिज गर्दा १० खेलाडीलाई रिटेन गरेको छ । रोहित शर्मा, डेवाल्ड ब्रेविस, इशान किशन, सूर्यकुमार यादव, ड्यानियल साम्स, टिम डेभिड, जोफ्रा आर्चर, जसप्रित बुमराह, ट्रिस्टन स्टब्स र तिलक वर्मा अर्को सिजनमा फेरि एमआई सर्टमा देखिने छन्। योसँगै फेबियन एलेन, काइरन पोलार्ड, टायमल मिल्स, मयंक मार्कण्डे र ऋतिक शोकिन रिलिज भएका छन् ।