२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

कतार विश्वकपमा बायर्नका सबैभन्दा बढी खेलाडी, दोस्रो स्थानमा बार्सिलोना

कतार विश्वकपमा बायर्नका सबैभन्दा बढी खेलाडी, दोस्रो स्थानमा बार्सिलोना
अ अ+ अ-

एजेन्सी । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२२ नोभेम्बर २० बाट कतारमा सुरु हुँदैछ । २८ दिनसम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता कतारका विभिन्न आठ मैदानमा हुनेछ । विश्वकपका कारण विश्वका अधिकांश फुटबल लिगहरु ठप्प भएका छन् । युरोपका शीर्ष ५ लिगले खेल आयोजना गर्न बन्द गरेका छन् भने बाँकी खेलहरू डिसेम्बर २५ बाट मात्रै खेलिनेछन् ।

युरोपका शीर्ष ५ लिगका अधिकांश खेलाडी विश्वकप खेल्ने तयारीमा छन् । युरोपमा कुन क्लबबाट कति खेलाडी विश्वकप खेल्ने भन्ने प्रतिस्पर्धा पनि छ । यस विश्वकपमा जर्मनीको क्लब बायर्न म्युनिखका अधिकांश खेलाडी कतार जाने भएका छन् । यस्तै, स्पेनीस क्ब्लब बार्सिलोना दोस्रो स्थानमा छ ।

१. बायर्न म्युनिख

देशः जर्मनी
लिगः बुन्डेसलिगा
विश्वकपमा भाग लिने खेलाडी संख्याः १७
बायर्न म्युनिखले अहिलेसम्मको सिजन उत्कृष्ट खेलेको छ । बायर्न च्याम्पियन्स लिगमा आफ्नो समूहको शीर्ष स्थानमा रह्यो । उसले बार्सिलोनालाई दुई पटक हरायो । यस्तै, यो टोली बुन्डेसलिगाको पहिलो स्थानमा छ । बायर्न कतारमा हुने विश्वकपमा सबैभन्दा धेरै (१७) खेलाडी पठाउने क्लब हो ।

एरिक म्याक्सिम–मोटिङ (क्यामरून), किंग्सले कोमान (फ्रान्स), म्याथियास डे लिग्ट (नेदरल्याण्ड), लियोन गोरेट्जगा (जर्मनी), सर्ज जीनाब्री (जर्मनी), लुकास हर्नान्डेज (फ्रान्स), जोशुआ किमिच (जर्मनी), साडियो माने (सेनेगल) , नौसेर माजरौई (मोरक्को), म्यानुएल नोएर (जर्मनी), थोमस मुलर (जर्मनी), जमाल मुसियाला (जर्मनी), बेन्जामिन पाभार्ड (फ्रान्सं), लेरोय साने (जर्मनी), जोसिप स्टानिसिक (क्रोएसिया), डेयोट उपमेकानो (फ्रान्स), डेभिस (क्यानडा) ।

२. बार्सिलोना


देशः स्पेन
लिगः ला लिगा
विश्वकपमा भाग लिने खेलाडी संख्याः १६
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको टोलीका १६ खेलाडीले विश्वकपमा भाग लिनेछन् । च्याम्पियन्स लिगमा टोलीको प्रदर्शन राम्रो थिएन । बार्सिलोना समूहमा तेस्रो स्थानमा रहँदै युरोपा लिगमा घटुवा भयो । विश्वकपपछि युरोपा लिगको प्लेअफमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडसँग भिड्नेछ ।

फिफा विश्वकप खेल्ने क्लबका खेलाडीहरूः एरिक गार्सिया, जोर्डी अल्बा, पेड्रि, गाभि, सर्जियो बुस्केट्स, अन्सु फाटी र फेरान टोरेस (सबै स्पेनका खेलाडी, जुलेस कोन्डे र ओस्मान डेम्बेले (फ्रान्स), फ्रेन्की डे जोङ र मेम्फिस डेपे (नेदरल्याण्ड्स), राफिन्हा (ब्राजिल), रोनाल्ड अराउजो (उरुग्वे), मार्क टेर स्टेगेन (जर्मनी), रोबर्ट लेवान्डोस्की (पोल्याण्ड) ।

३. म्यान्चेस्टर सिटी


देशः इंग्ल्यान्ड
लिगः इंग्लिस प्रिमियर लिग
विश्वकपमा भाग लिने खेलाडी संख्याः १५
साविक लिग विजेता म्यानचेस्टर सिटी हाल प्रिमियर लिगको शीर्ष स्थानमा छैन । उ आर्सनलभन्दा पाँच अंकले पछि छ । सिटी हाल विश्वको उत्कृष्ट टोली मध्ये एक हो, लिगको उच्च गोलकर्ता एर्लिङ हालान्ड पनि सिटीमै छन् । तर, नर्वे यसपटक विश्वकपमा छनोट हुन नसकेका कारण उनी कतारमा देखिने छैनन् । यसका बाबजुद पनि सिटीका १५ खेलाडी विश्वकपमा देखिनेछन् ।

फिफा विश्वकप खेल्ने क्लबका खेलाडीहरूः म्यानुअल अकान्जी (स्विजरल्याण्ड), एडरसन (ब्राजिल), केभिन डी ब्रुएना (बेल्जियम), इल्काए गुन्डोवान (जर्मनी), जोन स्टोन्स, काइल वाकर, क्याल्भिन फिलिप्स, फिल फोडेन, ज्याक ग्रेलिस (सबै इंग्ल्याण्ड), जोआओ क्यान्सेलो, रुबेन डियाज, बर्नार्डो सिल्भा (सबै पोर्चुगलं), नाथन एके (नेदरल्याण्ड), एमरिक लापोर्टे र रोड्रि (दुबै स्पेन) ।

४. म्यान्चेस्टर युनाइटेड


देशः इंग्ल्यान्ड
लिगः इंग्लिस प्रिमियर लिग
विश्वकपमा भाग लिने खेलाडी संख्याः १४
प्रिमियर लिगको सर्वाधिक सफल टोली मध्येको एक म्यानचेस्टर युनाइटेडले लामो समयदेखि कुनै पनि उपाधि जित्न सकेको छैन । यस पटकको कतार विश्वकपमा यसका १४ खेलाडी देखिनेछन् ।

फिफा विश्वकप खेल्ने क्लबका खेलाडीहरुः एन्टोनी, कासेमिरो, फ्रेड र एलेक्स टेल्स (सबै ब्राजिल), क्रिस्चियन एरिक्सन (डेनमार्क), राफेल वरन (फ्रान्स), ह्यारी म्यागुएर, ल्यूक श, मार्कस रासफोर्ड (सबै इंग्ल्यान्ड), डिएगो डालोट, ब्रुनो फर्नान्डिस, क्रिस्टियानो रोनाल्डो (सबै पोर्चुगल), फाकुन्डो पालिस्ट्री (उरुग्वे), टायरेल मलासिया (नेदरल्याण्ड) ।

५. रियल मड्रिड


देशः स्पेन
लिगः ला लिगा
विश्वकपमा भाग लिने खेलाडी संख्याः १३
गत सिजन च्याम्पियन्स लिग विजेता रियल मड्रिड युरोपको सर्वाधिक सफल क्लबमध्ये एक रहेको छ । गत वर्ष, क्लबले च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी), चेल्सी र म्यानचेस्टर सिटीलाई तथा फाइनलमा लिभरपुललाई हराएको थियो । हाल रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा छ । रियलका १४ खेलाडी विश्वकपमा सहभागी हुनेछन् ।

फिफा विश्वकप खेल्ने क्लबका खेलाडीहरुः थिबाउट कोर्तुआ (बेल्जियम), एडर मिलिटाओ (ब्राजिल), ड्यानी कारभाहाल (स्पेन), एन्टोनियो रुडिगर (जर्मनी), ओरेलियन चौमेनी (फ्रान्स), फेडेरिको भाल्भर्डे (उरुग्वे), लुका मोड्रिच (क्रोएसिया), भिनिसियस जुनियर (ब्राजिल), रोड्रिगो (ब्राजिल), करिम बेन्जेमा (फ्रान्स), इडेन हाजार्ड (बेल्जियम), मार्को एसेन्सियो (स्पेन), एडुआर्डो कामाभिङ्गा (फ्रान्स) ।