१४ श्रावण २०८३, बिहीबार
,
Latest
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सर्वसाधारणहरूका लागि कम्पनीले २५ कार्तिकबाट ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा आवेदकले आजको बैंकिङ समयसम्ममा आवेदन दिनुपर्नेछ ।

सीडीएससीका अनुसार सोमबारसम्म कुल १० लाख ४४ हजार ८ सय ८ जना आवेदकले १ करोड २४ लाख ३१ हजार ६० कित्ताका लागि आवेदन दिइसकेका छन् । संख्या माग गरिएको आवेदन भन्दा २.४१ गुणा बढी रहेको छ ।

हाईड्रोपावरले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरको ५६ लाख ६ हजार ३ सय ९० कित्ता साधारण शेयर निष्कासन गरेकोमा त्यसको ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षित गरि र कुल निष्कासनको ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।

बाँकी ५१ लाख ५७ हजार ८ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।