२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सर्वसाधारणहरूका लागि कम्पनीले २५ कार्तिकबाट ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा आवेदकले आजको बैंकिङ समयसम्ममा आवेदन दिनुपर्नेछ ।

सीडीएससीका अनुसार सोमबारसम्म कुल १० लाख ४४ हजार ८ सय ८ जना आवेदकले १ करोड २४ लाख ३१ हजार ६० कित्ताका लागि आवेदन दिइसकेका छन् । संख्या माग गरिएको आवेदन भन्दा २.४१ गुणा बढी रहेको छ ।

हाईड्रोपावरले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरको ५६ लाख ६ हजार ३ सय ९० कित्ता साधारण शेयर निष्कासन गरेकोमा त्यसको ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूलाई सुरक्षित गरि र कुल निष्कासनको ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।

बाँकी ५१ लाख ५७ हजार ८ सय ८० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।