९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल(भिडीयोसहित)

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बन्नुभएका उहाँले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताउनुभएको हो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताउनु भयो । उहाँले यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गर्नुभयो । उहाँले नेकपा एमाले वचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित र समर्पित रहेको बताउनु भयो । जनताको काम गरेर एमालेले बनाएको उचाईलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया छ । हामीप्रतिको सद्भाव र विश्वास व्यक्त गर्नुभएको छ । हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौँ । नेकपा एमाले जुन ढंगले यो ठाउँमा स्थापित छ, विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित छ, त्यो उचाई अरु कसैले प्राप्त गर्न सकेका छैनन् ।’

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुनुहुन्छ । निर्वाचनको दिन नजिकिएसँगै नेताहरु अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ ।