• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo
Latest
★   सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब ★   दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको ★   बाढीको पूर्व सूचना दिन साइरन जडान ★   संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण ★   सार्वजनिक संस्थान: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य ★   नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिगका लागि सम्झौता ★   भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराधको प्रवृत्ति भयो: महामन्त्री शर्मा ★   जुत्ता सिलाएर उद्यमी बन्नुभएकी निर्मला ★   आईपीएल अनि काव्या ★   राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् – वरिष्ठ नेता पौडेल



गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताउनुभएको छ ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहँुदै उहाँले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताउनुभयो ।

“शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।” उहाँले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताउनुभयो । “हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “रुखले हँसिया हताँडालाई भोट हाल्नुस्, रुखले हँसिया हतौडालाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।” प्रचण्डले निर्वाचन जितेर गएपछि उहाँले नै देशको नेतृत्व गर्नसक्ने उहाँको दाबी छ ।