२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपालमा



अ+ अ-

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम नेपाल आईपुगेका छन् ।

दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार राति नेपाल आईपुगेको हो ।

नेपालले रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ । राष्ट्रिय टोलिका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भने खेलबाट बाहिर रहनेछन् । पाकिस्तानले पनि हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको छ ।

नेपाल र पाकिस्तानबीच फिफा डे अन्तर्गत हुने मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ ।

साँझ ५ः०० बजे सुरु हुने उक्त खेललाई एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।

यस्तै, एन्फाका अनुसार टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्नेछन् । विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।