२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व आवश्यक छः निजी क्षेत्र(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएको छ ।

निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो ।

निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिका एजेण्डा बोकेपनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सिमित गरेको आरोप लगाउनु भयो ।

उहाँले मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र समेत आर्थिक समृद्धिका कुरा विशेष जोड दिएको बताउनु भयो । अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनैपनि पार्टी गम्भिर नभएको बताउनु भयो । उहाँले पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गर्नुभयो । अध्यक्ष गोल्छाले राजनीतिक दलहरु सिमित राजनीतिक एजेण्डाहरुमा मात्रै नभइ सिमित एजेण्डा भन्दा माथि उठेर पूर्वाधार विकास गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने पार्टीको सरकार आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिकै कुरा गरेका छन् । तर त्यो बोलीमा मात्रै सिमित रह्यो । मुलुकमा आर्थिक समृद्धि कसरी गर्ने र निजी क्षेत्रसँग कसरी सहकार्य गर्ने यो विषयमा कुनैपनि पार्टी गम्भिर देखिएन । मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र हेर्दा आर्थिक समृद्धिका कुरा सबैले गरेका छन् । हामीले चाहेको त्यही हो । राजनीतिक परिवर्तन जति हुनुपर्ने थियो । त्यो भइसकेको छ । जुन निजी क्षेत्रलाई विश्वासमा लिएर जुन पार्टी अगाडि जान्छ यस्तो पार्टी नेतृत्वमा आउनुपर्छ । नेपालको राजनीति लामो समय लोकप्रिय नारामा मात्रै सिमित रह्यो ।’

‘आर्थिक विकासको लागि पूर्वाधारमा लगानी गर्नुपर्ने थियो । तर पूर्वाधारमा लगानी गर्नसकेको छैन । पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन र लागत कम गर्नसक्छ । त्यसले मात्रै समग्र जनतालाई मुलुकको अर्थतन्त्रसँग जोड्नसक्छ । तर त्यतातिर कसैको ध्यान नै पुग्न सकेको छैन । राजनीतिक दलहरु समिति राजनीतिक एजेण्डाहरुमा रहेका छन् । अबको समयमा यो भन्दा माथि उठेर पूर्वाधारलाई पहिलो एजेण्डालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्ध बनाउने जुन पार्टीले गर्छ त्यो पार्टी सरकारमा आउनुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’

त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न र अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्वको सरकार हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने राजनीति शक्ति भएकाले सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन आउनसक्ने बताउनु भयो । उहाँले देशमा समृद्धि कायम गर्न मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा परिसंघ रहेको बताउनु भयो ।

उपाध्यक्ष अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्व सरकारमा जानको लागि सबल र सक्षम उम्मेद्वारले निर्वाचन जित्नुपर्ने बताउनु भयो । उहाँले मंसिर ४ गतेको निार्वाचनमार्फत नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न निजी क्षेत्रसँग सहकार्य गर्न पार्टीको नेर्तत्वमा सरकार बन्नुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आवधिक निर्वाचन भनेको संविधानले स्पष्ट रुपमा व्यवस्था गरेको विषय वस्तु हो । मंसिर ४ गते संविधानले व्यवस्था गरे अनुरुपमा निर्वाचन हुनु भनेको नेपालको संविधान,प्रजातान्त्रिक लोकतन्त्रको लागि शुभ संकेत हो । आवधिक निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्ने थियो । त्यो सरकारले गर्न लागेको छ । त्यसको लागि उद्योगी व्यवसायीहरुले स्वागत गरेका छौं । अहिले नेपाल निर्वाचनमय भएको छ । हामीले विभिन्न राजनीतिक दलहरुलाई सञ्चारमाध्यममार्फत सबल र सक्षम मान्छे उम्मेद्वार भएर निर्वाचित हुनुपर्छ ।’

‘राजनीतिक दलहरुले उम्मेद्वार चयन गर्दा नै जसले भोलिको नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न सकोस् जुनसुकै राजनीतिक पार्टीको भएपनि । हामी राजनीतिक आस्थाको रुपबाट कसैलाई केही भन्दैनौं । अबको यो निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने,अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने नेतृत्व आवश्यक छ ।’

‘नेपाली सधैँ गरिव भइरहनुपर्ने कर्ममा लिएर आएको होइन । मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने भनेको राजनीतिले नै गर्ने हो । राजनीति सुशासनले परिवर्तन हुने हो । सुशासन सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन हुनसक्छ । देशमा समृद्धि कायम हुनसक्छ । त्यो हुनुको लागि मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा छौं ।’

उपाध्यक्ष अधिकारीले मुलुकमा आर्थिक समृद्धि र सुशासन राजनीतिक परिर्वतनबाट आउने भएकाले सक्षम नेतृत्व नै अहिलेको आवश्यक्ता भएको दाबी गर्नुभयो ।




भर्खरै