१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि–२० विश्वकपको उपाधि इंग्ल्यान्डलाई



अ+ अ-

एजेन्सी । आईसीसी टी–२० पुरुष विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भर्खरै सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो ।

१३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान जोस बटलरले १७ बलमा २६ रन जोड्दा ह्यारी ब्रुकले २३ बलमा २० रन जोडे । यस्तै मोइन अलीले १३ बलमा १९ रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारीस राउफले २ विकेत लिँदा शाहिन अफ्रिदी, शबाब खान र मोहम्मद वशिमले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन जोड्यो ।

पाकिस्तानका लागि सान माशुदले २८ बल ३८, कप्तान बाबर आजमले २८ बलमा ३२ रन जोड्दा मोहम्मद रिजवानले १४ बलमा १५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्यान्डका लागि साम करनले ३, आदिल राशिद र क्रिस जोर्डनले २–२ तथा बेन स्टोक्सले १ विकेट लिए । इंग्ल्यान्डको यो दोस्रो उपाधि हो । यसअघि २०१० मा पल कलिङवुड कप्तानीमा इंग्ल्यान्डले टी–२० विश्वकपको उपाधि जितेको थियो ।