२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप फाइनलः उपाधि जित्न इंग्ल्यान्डलाई पाकिस्तानले दियो १३८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आइसीसी टी–२० पुरुष विश्वकपको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई १३८ रनको विजयी लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा ८ विकेटको क्षतिमा १३७ रन जोड्यो ।

पाकिस्तानका लागि सान माशुदले २८ बलमा ३८, कप्तान बाबर आजमले २८ बलमा ३२ रन जोड्दा मोहम्मद रिजवानले १४ बलमा १५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्यान्डका लागि साम करनले ३, आदिल राशिद र क्रिस जोर्डनले २–२ तथा बेन स्टोक्सले १ विकेट लिए ।