६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताजा जनादेशका लागि संसद् विघटन गरेको हो, प्रतिगमनका लागि होइन– ओली(फोटो फिचर)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई सहजरुपमा चलाउन नदिएपछि ताजा जनादेश लिन संसद् विघटन गरेको बताउनुभएको छ ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभामा उहाँले संसद विघटनलाई जनतामाझ सही नै भएको अर्थ्याउँदै ताजा जनादेशका लागि त्यो बाटोमा हिँड्नुपरेको भनाइ राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थीको शरणमा पुगेपछि ताजा जनादेशका लागि संसद् विघटन गर्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले जनताले चाहेको कुरालाई विरोधीले प्रतिगमन भनेको बताउनुभयो ।

उहाँले उल्टै गठबन्धनले प्रतिगमन गरेको आरोप लगाउँदै भन्नुभयो, “ ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे रु माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमतिलाई तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे ।”

केही दिनअघि रास्कोट आएर प्रचण्डले आफूलाई प्रतिगमन गरेको आरोप लगाएको जवाफ दिँदै ओलीले भन्नुभयो, “कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्यो रे, मैले प्रतिगमन गर्ने काम कहिल्यै गरिनँ ।”