२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् महेश बर्तौलाको २० अठोट (पूर्णपाठ)



अ+ अ-

मकवानपुर । नेकपा एमालेबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का युवा उम्मेदवार महेशकुमार बर्तौलाले २० वटा अठोट सार्वजनिक गरेका छन् । उनले निर्वाचन प्रचारप्रसारका क्रममा जनता माझ राखेका अठोटले यतिबेला चर्चा कमाइरहेको छ ।

२ नम्बर क्षेत्रभित्र पर्ने हेटौँडा उपमहानगरपालिकाको १, ११, ३ र १९ वडा, मकवानपुरगढीको ५, ६, ७ र ८ नम्बर वडासँगै सिंगो थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर र भीमफेदी गाउँपालिकाका चोक, चिया अड्डाहरुमा यतिबेला बर्तौलाको अठोट चर्चामा छ ।

उनका नागरिकका प्रत्यक्ष समस्या र महत्वका विषयलाई आफ्नो अठोटमा राखेपछि उनी अन्य उम्मेदवार भन्दा चर्चामा आएका छन् ।

२ नम्बर क्षेत्रमा अत्याधिक रुचाइएका उम्मेदवारका रुपमा रहेका बर्तौलाले विद्यालयदेखि खेलकुदसम्मलाई आफ्नो अठोटमा समेटेका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि समुदायका लागि आफूले धेरै गर्न सक्ने भएपछि २० वटा अठोट कुनै हालतमा पूरा गरि छाड्ने बर्तौलाको उनको प्रतिवद्धता छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीका उप–सचिवसमेत रहेका बर्तौलाका २० अठोट यस प्रकार छन्ः

१. “एक पालिका, एक आवासिय विद्यालय” कार्यक्रम माफर्त बालबालिकालाई घण्टौं हिंडेर विद्यालय जानुपर्ने र फर्किनुपर्ने अवस्थाको अन्त्य गरिनेछ । सबै बालबालिकाको विद्यालयमा सहज पुहँच स्थापित गरिनेछ ।

२. विद्यालय शिक्षामा शिक्षकहरुको विषयगत दरबन्दीको सुनिश्चितता गर्न केन्द्रीय नीति बनाईनेछ ।

३. आवश्यक शैक्षिक तथा भौतिक पुर्वाधारको विकास गरी मकवानपुरलाई उच्च शिक्षाको हब बनाउन पहल गरिनेछ ।

४. विभिन्न जातिको भाषा, कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन र बिकास गरिनेछ ।

५. उद्यमशिलताको बिकास मार्फत युवाहरुको श्रमलाई उत्पादन संग जोड्दै स्वरोजगार बनाईनेछ ।

६. लगानी मैत्री वातावरणको सिर्जना एवम् औधोगिक पुर्वाधारहरुको विकास गरी हजारौंको रोजगारी सिर्जना गरिनेछ ।

७. किसानहरुले भोग्नुपरेका मल, बिउ, सिंचाई र बजारको समस्यालाई दिर्घकालिन समाधानको पहल गरिनेछ ।

८. प्रत्येकका घरघरमा पिउने पानीको पहुँच स्थापित गरिनेछ । एक गाग्री पानीकै लागि घण्टौ धाएर जानुपर्ने अवस्था अन्त्य गरिनेछ ।

९. मकवानपुरको स्वास्थ्य सेवालाई ब्यवस्थित, गुणस्तरिय र विश्वस्निय बनाईनेछ ।

१०. सडक संजाल, संचार तथा शिक्षा लगाएत भौतिक पुर्वाधारहरुको बिकास मार्फत सम्पुर्ण गाँउबस्तिहरुको बिकास र समृद्धिलाई प्राथमिकता दिईनेछ ।

११. प्राकृतिक श्रोत साधनहरुलाई क्षेत्रको बिकासका लागि परिचालन र ब्यवस्थापन गरिनेछ ।

१२. जलवायु परिवर्तन एंव वातावरणको संरक्षणको क्षेत्रमा नितिगत एंव कानुनी सुधार एंव कार्यान्वयन गरिनेछ।

१३. मध्यवर्ती आरक्ष क्षेत्रको कानुनका कारण मनहरि र साबिक हाँडिखोलाका बासिन्दाले भोग्नुपरेका समस्यालाई दिर्घकालिन समाधान खोजिनेछ ।

१४. आवश्यक स्थानहरुमा नदि नियन्त्रण, बस्ति बचाउ तथा तटबन्धन गरिनेछ ।

१५. सिमभन्ज्याङमा मैत्री बगैंचा, थाहाको मुलबारीमा राष्ट्रिय विभुति पार्क बनाईनेछ ।

१६. पर्यटन पुर्वाधारहरुको बिकास मार्फत मकवानपुरलाई आन्तरिक तथा बाह्य पर्यटकिय गन्तब्य बनाइनेछ । पयर्टन करिडोरको अवस्था अन्तर्गत समग्र क्षेत्रको विकासलाई प्राथमिकता दिईनेछ ।

१७. पुर्वाधार बिकासका लागि छुट्याईएको केन्द्रीय बजेटहरुको सतप्रतिशत कार्यान्वयन गर्दै समयमै आयोजना सम्पन्न गराईनेछ ।

१८. सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शि र जनमैत्री बनाउदैं सुशासन कायम गरिनेछ ।

१९. अनाथ, असहाय बालबालिकाको संरक्षणका लागि बनेका कानुनहरुको कार्यान्वयन गरिनेछ ।

२०. मकवानपुरको ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक महत्वका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गरिनेछ । यसको थप खोजी एवम् प्रचारप्रसार गर्दै अनुसन्धानकर्ता एवम् पर्यटकहरुको आकर्षणको केन्द्र बनाईनेछ ।