२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः टस जितेर बलिङ गर्दै इङ्गल्यान्ड, ब्याटिङमा उत्रँदै पाकिस्तान



अ+ अ-

मेलबर्न । आईसीसी टी(२० विश्वकपको उपाधि भिडन्तमा आज इङ्गल्यान्ड र पाकिस्तान भिड्दैछन् । मेलबर्न क्रिकेट मैदानमा हुन गईरहेको खेलमा इङ्गल्यान्डले टस जितेर बलिङ रोजेको छ ।

नेपाली समयअनुसार पौने २ बजे सुरु हुने खेलमा इङ्गल्यान्डले पहिला पाकिस्तानविरुद्ध बलिङ गर्ने भएको हो।

समूह चरणमा भारत र जिम्बाब्वेसँग पराजित भएपछि पाकिस्तानले शानदार पुनरागमन गरेको थियो । अर्कोतर्फ दक्षिण अफ्रिकामाथि नेदरल्याण्ड्सको जितपछि भाग्य चम्किँदै नकआउट चरणमा पुगेको पाकिस्तानले मौकाको फाइदा उठायो । सेमिफाइनलमा उपाधि दाबेदार न्यूजिल्याण्डलाई पाकिस्तानले पराजित गरेको थियो ।

अर्कोतर्फ, समूह चरणमा आयरल्यान्डजस्तो कमजोर टोलीसँग पराजित भएपछि इंग्ल्यान्डले पनि पुनरागमन गरेको थियो । दुवै टोली आ–आफ्नो सुपर १२ समूहमा दोस्रो भएका थिए ।

विश्वको दोस्रो नम्बरमा रहेको इंग्ल्यान्ड र तेस्रो नम्बरमा रहेको पाकिस्तान टोली अहिले उत्कृष्ट लयमा छन् । दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।