५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ ।

चन्द्रागिरि–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स्य फुटसल एरिनामा शनिबार साँझ भएको कडा प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरि– १५ ले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । का तर्फबाट खेलाडी समिर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय पुरी, अभय खड्का, सुजित रावत, प्रज्ज्वल कार्की, रोहित थापा र सुशन घिमिरे मैदानमा उत्रनुभएको थियो । यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं ९ का तर्फबाट अजय महर्जन, सञ्जीव महजर्न, निकेश श्रेष्ठ, गौरव श्रेष्ठ, राजकुमार श्रेष्ठ, रितेश श्रेष्ठ, रफि श्रेष्ठ, ईश्वर थापामगर र राजीव मान्धर मैदानमा उत्रिएका थिए ।

पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा प्रयोजित सो प्रतियोगितामा नगरका १५ वडाका २२ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो ।

प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना प्राप्त टिमलाई नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगप्रवक्ता कृष्णकुमार खड्गी र क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गर्नुभयो । सोही अवसरमा उहाँहरूले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु पाँच–पाँच हजारसहित ट्रफी र पदक प्रदान गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलकर्ता सविन महर्जन र उत्कृष्ट गोलकिपर प्रकट रिजालले प्राप्त गर्नुभएको थियो ।

सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनउने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् ।”

क्लबका अध्यक्ष घिमिरेले नगर क्षेत्रमा क्लबले विभिन्न खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा नगरपालिकाले खेल गतिविधिमा क्लबलाई साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अगामी दिनमा खेल क्षेत्रमा सरकारले लगानी बढाउन जरुरी छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र युवाको सशक्तीकरण हुन्छ ।” क्लबका सल्लाहकार भुवन गिरीले पश्चिम क्षेत्रमा खेलकुद विकास र प्रवद्र्धन गर्न क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनुभयो । प्रतियोगिताका संयोजक क्लबका उपाध्यक्ष साजन महर्जनले विभिन्न सङ्घ तथा संस्थाको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको बताउनुभयो ।




भर्खरै