६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महाकाली तुइन घट्नाः भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको सांसद भट्टराईको आरोप

महाकाली तुइन घट्नाः भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको सांसद भट्टराईको आरोप
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् । 

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने एमाले सांसदहरुले दार्चुलामा एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनालाई सरकारले गम्भीरतापूवर्क नलिएको आरोप लगाउनुभयो । 

सांसदहरुले महाकालीमा बेपत्ता धामीको खोजी गर्न तथा उहाँको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद खिमलाल भट्टराईले एसएसबीले तुइन काटिदिँदा पनि सरकार मौन बसेकामा आपत्ति प्रकट गर्नुभयो । भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीसित तत्काल वार्ता गर्न भट्टराईले माग गर्नुभयो । 

“वर्तमान सरकारले तुइन विस्थापन गर्न उचित कदम चालोस्”, भट्टराईले भन्नुभयो । उहाँले अघिल्लो सरकारले नै खोपको आपूर्ति गरेको तर वर्तमान सरकारले त्यसलाई आफ्नो उपलब्धि ठानीरहेको बताउनुभयो । थप खोप आपूर्तिका लागि वर्तमान सरकारले कुनै पहल गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । 

सांसद इन्दु कडरियाले एसएसबीले तुइन काटेर अमानवीय काम गरेको भन्दै त्यसको जति निन्दा गरे पनि कम हुने बताउनुभयो । उहाँले तुइन काटेको घटनाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाउनुभयो । खुला सीमानाका कारण एसएसबीको ज्यादती बढेको उहाँको भनाइ थियो । “यस्तो ज्यादती कहिलेसम्म सहेर बस्ने रु यसप्रति गम्भीर बन्न सबैको ध्यानाकर्षण गर्न चाहन्छु”, उहाँले भन्नुभयो । 

सांसद सिंगबहादुर विश्वकर्माले समावेशीकरणसम्बन्धी कानूनको माग गर्नुभयो । सांसद ठगेन्द्रप्रसाद पुरीले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर भूमिहीनका समस्या समाधान गर्न खोजेको की बढाउन खाजेको भन्दै सरकारलाई प्रश्न गर्नुभयो । 

सांसद भगवती न्यौपानेले भूमिहीनलाई जग्गा दिने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले आयोग विघटन गरेर गल्ती गरेको आरोप लगाउनुभयो ।