२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा क्षेत्र नं ३ः गठबन्धन र एमालेबीच प्रतिस्पर्धा



अ+ अ-

धनुषा । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको हो ।

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

एमाले उम्मेदवार महतो विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ कांग्रेस नेता विमलेन्द्र निधिसँग पराजित हुनुभएको थियो भने २०७४ मा समानुपातिक सांसद हुनुभएको थियो । २०७४ का दुई बलिया प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कांग्रेस नेता निधि यसपटक यो क्षेत्रको प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा हुनुहुन्न । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० बाट महतोले कांग्रेस नेता निधिलाई पराजित गर्नुभएको थियो । निधि यसपटक समानुपातिक रोज्नुभएको छ भने महतो गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झा २०७४ को निर्वाचनमा रौतहट–१ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । यसपटक पाँचदलीय भागबण्डामा रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बनेपछि झाले धनुषा–३ मा उम्मेदवारी दिनुभएको हो ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा सत्ता गठबन्धनको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधामबाहेक नगराइन नगरपालिकाको सबै नौवटा वडा, मुखियापट्टि मुसहरनिया गाउँपालिकाको सबै छवटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा यस निर्वाचन क्षेत्रमा पर्छ ।

क्षेत्रभित्रको ३८ मध्ये आधा अर्थात् १९ वटा वडा एक्लै नेपाली कांग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले चार, लोसपाले तीन र एकीकृत समाजवादीले एक वडामा जित निकालेको छ । स्थानीय चुनावमा ३८ वटा वडाको वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसको २२ हजार चार सय २९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले आठ हजार दुई सय २४ र लोसपाले एक हजार एक सय ६३ मत प्राप्त गरेको छ ।

त्यस्तै एकीकृत समाजवादीले तीन हजार सात सय १३ र सबैभन्दा कम नेकपा (माओवादी केन्द्र)ले छ सय ५६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी महतोले यस क्षेत्रको विकास, समृद्धि र सुशासन नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले जनताले विश्वास गरेको पार्टी र आफू जनताले विश्वास गरेको उम्मेदवार भएको दाबी गर्नुभयो ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका झाले आफूहरूको मुख्य मुद्दा सङ्घीयतालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनकपुरधामलाई मधेस प्रदेशको राजधानी बनाउन आफ्नो महत्वपूर्ण योगदान रहेको र राजधानीको योजनाबद्ध विकास नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।