११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्ः अर्थविद् वाग्ले



अ+ अ-

काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुट्नुभएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहो¥याउनु भयो । शनिवार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उहाँले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गर्नुभयो ।

अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत खुलासा गर्नुभयो । थापाले कोभिड महामारीमा राजनेताको छवि बनाएको भन्दै उहाँलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वाससमेत व्यक्त गर्नुभयो । अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई विमाको माध्यामबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताउनु भयो ।

थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उहाँले नेता थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताउनु भयो । अब पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो । उहाँले भन्नुभयो, ‘गगन थापा एउटा व्यक्ति । मैले संगठनको कुरा गरेँ । आर्थिक एजेण्डाका कुराहरु गरेँ । समन्यायिक समाज बनाउनका लागि पनि त्यो आर्थिक सामथ्र्य ठूलो हुुनुपर्छ भन्ने छ ।

यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं । कतिपयले यो छर्ने खालको भनेर आलोचना पनि गरेँ । त्यो बुझाईको कमी हो भन्ने मलाई लाग्दछ । गगन थापालाई मैले १५÷१६ वर्ष अगाडि देखेको हुँ । उनी आन्दोलनबाट खारिएका आएका नेता हुन् । २०६२÷०६३ को आन्दोलनमा गगन थापा, प्रदीप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन् । काठमाडौंका सडकहरु तताएका हुन् । त्यतिबेलाको आन्दोलनको अर्गमोर्चामा रहेर के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ । जीवनस्तरलाई उकास्नका लागि आन्दोलन गरियो । प्रशव वेदनका साथ संविधान लेखनमा होमियौं ।

एक दशक लगाएर एक थान संविधान बनेको छ । अहिले नै यसलाई कमजोर बनाउनेतिर हामी नलागौं । केही गुनासाहरु छन् प्रदेश सरकारको हकमा । यो संविधान बोझिलो भयो । धान्न सकिन्छ कि सकिँदैन ? यसमा केही यथार्थहरु पनि छन् । केही भ्रम पनि छरिएको छ । तर, यो भद्दा खालको संरचनालाई नै हामीले चुस्त बनाउनुपर्नेछ । त्यसबारेमा पनि नेपाली काँग्रेसको संकल्प पत्रले सम्बोधन गरेको छ । यसलाई किफायती बनाउँछौं । तर समग्रमा फोहोर पोखरीलाई भित्रैबाट सफा गछौंं भनेर हामी त्यो पोखरीमा हाम फालेका छौं ।

अब हामीले अवस्था परिवर्तनको एजेण्डाका लागि नयाँ खालको पुराना नेताहरुलाई ससम्मान बिदाइ गर्ने, उहाँहरुले जहाँसम्म नेपाललाई लिएर आएर छोड्नुभएको छ । त्यसका निम्ति पनि धन्यवाद दिने र अवको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं । र, मलाई लाग्छ–गगन थापा, जो आन्दोलनबाट खारिएका व्यक्ति हुन् । उनलाई मैले २०६२÷०६३ को टाईमदेखि नै चिनेको हुँ । पछि उनी सांसद भएपछि संसदीय कृषि समितिमा, जलस्रोत सम्बन्धि समितिमा बसेर यो पार्लियामेन्टको खास कामहरु भनेकै कमिटीहरुमा गर्ने हो । गुड ल र गुड संस्थाको जगमा मुलुकको समुन्नतिको यात्रा तय गर्ने भन्ने जुन विश्वले नै प्रमाणित गरिसकेको छ ।

विकसित मुलुकहरुले देखाएको बाटो यही नै हो । र, त्यो कृषिको कमिटीमा, जलस्रोतको कमिटीमा बसेर उनले गरेको तयारी, विज्ञहरुसँग सरसल्लाह लिएर कसरी नयाँ कुराहरु पस्किन सकिन्छ ? अहिले भइरहेका बेथिति र अड्चनहरु कसरी फुकाउन सकिन्छ भन्ने बारे जुन ग्राभिटीका साथ जुन गाम्भिर्यताका साथ उनले जे काम गर्दथे । त्यसले मलाई धेरै नै प्रभावित पारेपछि हामीले नेपाल बनाउन सकिन्छ, नेपाल बनाउनुपर्छ । त्यसका लागि युवाहरुको कोलियसन नै बनाऔं भनेर अघोषित रुपमा युवाहरुको एउटा एलाईन्स त्यतिखेरदेखि नै बनेको हो ।

उनी रेडी छन्, उनी तयार छन् । उनी क्वालिफाईड छन् । यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनले यो मुलुकलाई युनिफाईड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्ने बारे यति गहिरो होमवर्क गरे । उनले बनाएको माष्टर प्लानमै मुलुक हिँडीरहेको छ । तर हाम्रो संकीर्ण राजनीतिले गर्दा कहिलेकहिले यो त गगन थापाले बनाएकाले अगाडि बढाउँदिन भनेर उनले चालेका कदमहरुलाई अगाडि नबढाउने काम पनि गरिएका छन् । गगन थापालाई फेरी मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियोभने सामाजिक सुरक्षाको प्रत्याभुतिले मूर्त आकार लिन्छ भन्ने मलाई लाग्दछ ।

अहिले भइराखेका विकृतिहरुलाई हामीले सुधार गर्ने र नेपाल जस्तो गरिव मुलुकले पनि धान्नसक्ने खालको सामाजिक सुरक्षाको एउटा आर्केटेक्चर हामीले बनाउँछौं । र, गगन थापाले केपी ओलीको निरंकुश सरकारलाई पनि संसदमा एक्लै उभिएर कोभिडकालमा उत्तरदायी बनाउने काम गरेँ । उनले त्यतिबेला स्टेटम्यानको भुमिका निर्वाह गरेँ । नेता त उनी स्थापित रुपमै भए । ३ चोटी सांसद भए ।

राजनेतामै आउने खालको झलक पनि उनले पछिल्ला दिनमा देखाएका छन् । मलाई लाग्छ–त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईहरुले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ । उनको जुन भिजन छ, हामीहरुजस्ता मानिसहरुको टिम उहाँसँग छ । यसले अवको ५÷१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौं । हामी कहीँ बिक्दैनौं । हामीलाई कसैले किन्न सक्दैन । हामी कसैका गोटी बन्दैनौं । हामी आफैं सक्षम छौं । हामीसँग सवलीकरण, सक्षमताको एजेण्डा छ । यो कामको नेतृत्व गगन थापाले गर्दछन् । त्यसका लागि हामीले बल पु¥याई दिनुपर्दछ ।’

अर्थविद् थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउनसक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्नेसमेत बताउनु भयो । उहाँले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताउनु भयो ।

अर्थविद् वाग्लेले मुलुक पछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताउनु भयो ।