२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट



अ+ अ-

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

यही कात्तिक २३ गते निधन हुनुभएका उहाँको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गौँडाकोटस्थित सापकोटा निवास पुग्नुभएको हो ।

नेपाली कांग्रेसको राजनीतिमा स्व. सापकोटाले पु¥याउनुभएको योगदानप्रति आभार प्रकट गर्दै उहाँको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

सापकोटाद्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्दनका दृष्टिमा पनि अतुलनीय उहाँले सो पुस्तकमा लेख्नुभएको लेखमा चर्चा गर्नुभएको छ ।

सो अवसरमा कांग्रेसका नेता प्रा डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतको उपस्थिति थियो ।

गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिनुभएका उहाँ नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिनुहुन्थ्यो । सापकोटा दम रोगबाट ग्रसित हुनुहुन्थ्यो ।