२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । आइसल्याण्ड भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभयो ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल)ले गत बुधबार उहाँलाई अवार्ड प्रदान गरेको थियो ।

डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले भण्डारीलाई अवार्ड प्रदान गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता समेत गर्नुभयो । उहाँ गत सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।