• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सन्दीपको ठाउँमा नयाँ कप्तानको टुंगो लगाउँदै क्यान, छनोट समितिको बैठक बस्दै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको टुंगो आज लाग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय गर्ने संकेत गरेको हो । आज साँझसम्म नयाँ कप्तानको टुंगो लाग्ने क्यानले जनाएको छ ।

क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार आज (शुक्रबार) साँझसम्म नयाँ कप्तानको नाम बाहिर आउनेछ । जसका लागि क्यानको छनोट समितिको बैठक समेत बस्दैछ ।

गत पुसमा नेपाली क्रिकेट टोलीको ‘कमान’ सम्हालेका सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेपछि क्यानले निलम्बन गरेको थियो । त्यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै क्यानले पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिएको थियो ।

मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि कारबाहीमा परेका थिए । क्यानले मल्लको स्थानमा लामिछाने र ऐरीको स्थानमा रोहित पौडेललाई जिम्मेवारी दिएको थियो । बलात्कारको आरोप लागेका सन्दीप अहिले मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

यूएईसँगको खेलका लागि मात्र नभएर पछिसम्मलाई हेरेर कप्तानको नियुक्त गर्ने मनस्थितीमा क्यान छ । दीपेन्द्र, ज्ञानेन्द्र र रोहितमध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइने चर्चा छ ।

क्यानले दिएको जानकारी अनुसार नेपालसँग एकदिवसीय खेल खेल्न यूएईको टोली शनिबार काठमाडौं आइपुग्ने छ । नेपाल र यूएईले कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल खेल्दैछन् ।